तीतोपाटी – हरेक शनिवार प्रस्तुत गरिने उदक लेखन प्रशिक्षण अन्तर्गत प्रशिक्षक आर्त अकुलीनको समन्वयमा दिइएको तस्बिर हेरेर उदक स्रष्टाहरूले स्वस्फुर्त रूपमा १।१ वटा उदक लेखेर पठाउने गर्दछन् जसलाइ जस्ताको तस्तै प्रस्तुत गर्ने गरिएको छ ।
उदक अभ्यासः भाग १०
लेख्नुपर्ने उदक सङ्ख्याः १
प्रशिक्षकः आर्त अकुलीन
मितिः २०७८-०४-१६ गते शनिवार
सहभागी सङ्ख्याः ७३ जना
आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५ः०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध थियो । सहभागी सम्पूणर्मा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
-प्रशिक्षक आर्त अकुलीन
१
तुइन
दुर्गम क्षेत्रमा
ज्यान छ खतरामा !
✍️ पूणर्बहादुर श्रेष्ठ ’हृदयङकृत’, पनौती-३, काभ्रे
२
सपना
हजारौँ जिन्दगीका
झुन्डिए तुईन जस्तै !
✍️ चन्द्रावती अधिकारी, कोहलपुर, बाँके
३
सपना
पानी जहाजको
यथार्थ तुइनको यात्रा!
✍️ राजाराम रत्गैंया, अमौरा, कैलाली
४
तुइन
नदीमा टाँगेको
फलामको सानो लाईन !
✍️ घनश्याम पौडेल, पोखरा
५
आँखामा
सरकारी नीति
जीवन सङ्घर्ष व्यथीत !
✍️ सविता के सी, काठमाडौँ
६
तुइन
यात्रा गरेर
ज्यान जोखिम मोलेर !
✍️ दिलिप राई सागर
७
भाषणमा
सिमित जहाज
खोलामा तुइन यथार्थ !
✍️ सावित्री अधिकारी, काठमाडौँ
८
तुइन
चुँडायो डोरी
आफ्नै छिमेकी सत्रुले !
✍️ चक्र शाही, लम्की, कैलाली
९
बाध्यता
उर्लँदो नदी
तुइनको कष्टकर यात्रा !
✍️ समुन्द्रा शर्मा, सुनसरी
१०
तुइन
यात्रा जोखिम
कात्रो ओडेको पानीजहाज !
✍️ राम न्यौपाने, कैलाली
११
हत्केलामा
विवश जिन्दगी
निर्विकल्प तुइन यात्रा !
✍️ रामबहादुर चौधरी, कैलाली, हाल ः गोरखा
१२
आत्मसमर्पण
लठारोको शरण
संघर्ष जीवन मरण !
✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत
१३
बाध्यता
तुइनको यात्रा
जीवन मरणको खतरा !
✍️ मुना दाहाल, ललितपुर
१४
प्रभु
जेत होला
राम राम राम !
श्रीनगर
तानसेन पाल्पा
पुष्कर अथक रेग्मी !
१५
जिन्दगी
एउटा चौतारी
राम सुरक्षाको काम !
✍️ ईश्वरी अधिकारी, लमजुङ
१६
जनता
तुइन यात्रामा
सरकार अविरल जात्रामा !
✍️ वसन्त अनुभव, घोराही उपमहानगरपालिका-१४, दाङ
१७
तुइन
खतराको भूमरीमा
नदी माथिको जीवन !
✍️ सरस्वती श्रेष्ठ, रुपन्देही
१८
कठिन
असहज जीवन
यात्रा यात्री कर्म !
✍️ रोशन पराजुली, धरान
१९
गन्तव्यमा
उर्लिएको नदी
तुइनले कठिनाईको सामना !
✍️ रिता खराल, रुपन्देही
२०
समय
कठिन यात्रा
जिनगीक् एक पात्रा !
✍️ सागर कुस्मी, कैलाली
२१
वाध्यता
प्राणको बाजी
जिन्दगीको कठिन यात्रा !
✍️ वासुदेव ठकुरी, शिवपुरी, नुवाकोट
२२
बाध्यता
परिस्थिति दुःखदायी
जिस्काउदै देशको अवस्थालाई !
✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हालःयूएई
२३
नेपाली
मृत्युसँगको पौंठेजोरी
अभिशप्त तुइन यात्रा !
✍️ गोपालप्रसाद पौड्याल, बिराटनगर
२४
भाषण
तुइन विस्थापित
कमिशनले आफ्ना स्थापित !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली
२५
खतरा
तुइन यात्रा
बाध्यताको जीवन जात्रा !
✍️ बिके माकजू, भक्तपुर
२६
तुइन
यातायात साधन
कठिन दुर्घटनामा जोगाउन
✍️ मङ्गला उपाध्याय, कलैया-१, बारा
२७
तुइन
प्राणको बाजी
जीवनको कठिन यात्रा !
✍️ सरस्वती श्रेष्ठ, इटहरी
२८
तुइन
विवश परिवेशमा
भ्रष्ट नेता देशमा !
✍️ रामचन्द्र ढकाल, चितवन
२९
नदी
पार गरेका
जिन्दगी राखेर धरापमा !
✍️ रामचन्द्र भट्टराई, स्याङ्जा
३०
परदेशी
तुइन जात्रा
पलपल बाध्यताको यात्रा !
✍️ पुष्प यात्री प्रदेसी, सुनसरी
३१
आशा
भयो विलिन
मानव बन्यो काल !
✍️ विजया घिमिरे, जनकपुर
३२
तुइन
विवशताको यात्रा
जोखिममा मानव जीवन !
✍️ आर्त अकुलीन, कैलाली
३३
जिन्दगी
भदौरे बाढी
तुइनको अनपेक्षित यात्रा !
✍️ वेद प्रसाद रिजाल, इलाम
३४
विवश
तुइन यात्रा
दुई दिनको जीवन !
✍️ कविता आचार्य, लम्की, कैलाली
३५
आशा
सधैँ निराशा
तुइनको जोखिमपूणर् बाध्यता !
✍️ तेजप्रसाद खनाल, दाङ
३६
बाध्यता
तुइनको यात्रा
मानव जीवन जोखिम
✍️ सुशीला पौडेल, काठमाडौँ
३७
समय
सहज नहुने
त्यसैले यात्रा कठिनाई !
✍️ एच.वी.अविरल, लम्की, कैलाली
३८
तुइन
विस्थापित भयो
बजेट कतातिर गयो ?
✍️ दुर्गा अधिकारी’भमरकोटे’, काठमाडौँ
३९
तुइन
मर्नु बाँच्नु
जीवनको भरोसा नहुने !
✍️ खेमराज पुरी, कैलाली
४०
जीवन
तुइनको यात्रा
नदिको छाती माथि !
✍️ बिमला आठपहरिया, धनकुटा
४१
थुक्क
ए जिन्दगी
तुइनमा कति झुण्डिनु ?
✍️ हृदय लेकाली, भैरहवा
४२
जिन्दगी
आशाको व्यापार
तुइनको तराजुमा जोखिरहेछ !
✍️ जनार्दन अधिकारी ’धड्क’, नैकाप, काठमाडौँ
४३
तुइन
नेताको भाषण
विस्थापन गर्ने नाटक !
✍️ रामराजा के.सी., फर्पिङ, काठमाडौँ
४४
जीवन
तुइनमा झुण्डिँदै
अनगिन्ती सपना बुन्दै !
✍️ शिव खनाल, स्याङ्जा
४५
भ्रष्टाचार
समृद्धिको भाषण
तारमा खोला वारपार !
✍️ बलराज गिरी, कैलाली
४६
तुइन
बाध्यताको यात्रा
असहज परिस्थिति सामना !
✍️ शोभा अर्याल, बुटवल, रुपन्देही
४७
बाध्यता
दुःखमा जनता
तुइनबाट मुक्त आश्वासन !
✍️ चन्द्रकला अधिकारी, पाँचथर
४८
बाध्यता
सङ्घर्षमय जीवन
ज्यानको जुवा खेल्दै !
✍️ अरुणा श्रेष्ठ ’अनु’, झापा
४९
नेपाल
स्वर्ग जिन्दगानी
दुःख कष्ट पीडा !
✍️ अबोध निर्मल, लम्कीचुहा-०३, कैलाली
५०
यात्रा
तुइनको बाटो
जीवन मृत्युको दोसाँध !
✍️ मुकेश न्यौपाने, अछाम
५१
जिन्दगी
सुख दुःखको
आखिर अनेकौं बाध्यता !
✍️ विश्वनाथ श्रेष्ठ, फिक्कल, सिन्धुली
५२
तुइन
चरम विवशता
हरेक क्षण जोखिम !
✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
५३
विकास,
खै निकास ?
जोखिममा सासको आश !
✍️ लोकेश खनाल ’मधुकर’, कैलाली, लम्की
५४
यात्रा
तुइनको सहारामा
जिन्दगीलाई जोखिममा राखेर !
✍️ राजकुमार राजभण्डारी, मध्यपुर ठिमी-५,भक्तपुर
५५
तुइन
झुण्डिएको तार
खोलाको किनारमा वारपार !
✍️ टीकाराम पुन, छत्रेश्वरी-२, सल्यान
५६
तुइन
उर्लिएको नदी
कठिन पहाडी जनजीवन !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली
५७
तुइन
बाध्यता हाम्रो
नदी तर्नु पर्दा !
✍️ रमेश प्रभात, चितवन
५८
जहाँ
इच्छा त्यहाँ
उपाए अवश्य हुन्छ !
✍️ तोयानाथ सुवेदी, काठमाडौँ
५९
यात्रा
तुइनको लप्का
नबनोस् मृत्युको झट्का !
✍️ दीपकराज गौतम, कैलाली
६०
जिन्दगीमा
खत्रै खत्रा
पहाडी तुइनको यात्रा !
✍️ बालकृष्ण खनाल, टीकापुर, कैलाली
६१
वारपार
तुइनको भर
डर्दैन हिम्मती रतीभर !
✍️ टीकाराम जोशी, कैलाली
६२
बल्छीमा
परेको माछा
तुइनको विवश जिन्दगी !
✍️ माधव पोखरेल ‘गोज्याङ्ग्रे’, ताप्लेजुङ
६३
राज्य
असमान सन्धि
कठिनाइ गरिवी दासता !
✍️ विक्रम शिशिर, कोहलपुर, बाँके
६४
दुःखमा
तुइनको यात्रा
जोखिमपूणर् छ जीवन !
✍️ लता पौडेल, इलाम
६५
तुइन
नेपालको भूगोल
गर्छौं कुरा स्विजरल्याण्डको !
✍️ खड्गबहादुर गुरुङ, कैलाली
६६
यात्रा
पानी माथिको
भयो तुइनको साहारा !
✍️ गुलाब कान्छो, बाजुरा
६७
तुइन
सीमा सुरक्षा
धरापमा जीवन यात्रा !
✍️ विजयराज सिंह, कैलाली
६८
तुइन
मच्चियो मच्चियो
आफै भुइँमा थच्चियो !
✍️ कमला देवकोटा, पाल्पा
६९
झसङ्ग
हटेन अझैँ
तुइन यात्राको प्रसङ्ग !
✍️ खगेन्द्र बस्याल, रुपन्देही
७०
विवसता
उकाली ओराली
तुइनको कठिन यात्रा !
✍️ अनुपमा आकृति, कैलाली
७१
तुइन
बैकल्पिक मार्ग
जीवन बाध्यात्मक परिस्थिति
✍️ विष्णुदीप सङ्कल्प, विराटनगर
७२
संघर्ष
पीडा हर्ष
जिन्दगी दैवी स्पर्श !
✍️ बादल गुरुङ वियोगी, संखुवासभा
७३
दुःखान्त
दुर्गमको जीवन
शासकको कुरुप दृश्य !
✍️ केशब न्यौपाने, नुवाकोट