Thursday 8th October 2026

सोमनाथ लुइटेल “रवि पाल्पाली” को एक पाञ्चायन पञ्चाङ्ग


“पाँच तत्व पाँचै विकार, पाञ्चाङ्ग नै ठिक आधार”

पाञ्चायन १ (एक)

पञ्चाङ्ग ५ ( पाँच )

पञ्चाङ्ग १

मामाघर नजिक भन्दा टाढा भएको राम्रो
मामा भन्जा बिचको नाता गाढा भएको राम्रो
निर्धन भएपछि हेपिन्छन मावलीबाट
सम्झौताको दुरि पनि आषाढा भएको राम्रो
हुनु भन्दा स्वतन्त्र अनि साँढा भएको राम्रो ।

पञ्चाङ्ग २

जति गरेपनि काम बन्दैन टुना लाग्यो कि
अनाहकमा पैसा गयो मेरा चुना लाग्यो कि
सानो सोच अधिक बुद्धि नभएको बेलामा
आवतजावत बन्दै भएसी कुना लाग्यो कि
निश्चित रुपमा भएन दुई गुणा लाग्यो कि ।

पञ्चाङ्ग ३

मेरो सपनाको रानी ज्ञानी हुनुपर्छ
दया, मायाले सप्पन्न बानी हुनुपर्छ
तिमी जस्तै भएर देखाउनेछु सधैं
स्वच्छ निर्मल पवित्र पानी हुनुपर्छ
मायाले नै भरिएको खानी हुनुपर्छ ।

पञ्चाङ्ग ४

तिम्रो नै हो खेती भन्देपछि जान्छु
बरोबर पैसा गन्देपछि जान्छु
दुबैको हो समस्या मिलेर गरौं
बाँझो बारिलाई खन्देपछि जान्छु
मेरो लागि सबै बन्देपछि जान्छु ।

पञ्चाङ्ग ५

दियो पनि धपधपी जलेकै थियो त्यहाँ
मजुरा खैजडी ताली बजेकै थियो त्यहा
मन्दिरमा नै भक्ती गरे पाइन्छ आशिष
प्रवचन महात्माको चलेकै थियो त्यहाँ
धर्म सभा आनन्दको सजेकै थियो त्यहाँ ।

-सोमनाथ लुइटेल “रवि पाल्पाली”
पाल्पा, हाल युगान्डा


सम्बन्धित शीर्षकहरु

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

अमेरिकी संसदअन्तर्गतको कंग्रेसनल रिसर्च सर्भिस (CRS) को नयाँ प्रतिवेदनअनुसार, इरानसँगको युद्धमा अमेरिकाका ८१ वटा सैन्य विमान, हेलिकोप्टर र ड्रोन नष्ट…

प्रतिकृयाहरू
...