Tuesday 20th January 2026

दश स्रष्टाका स्वतन्त्र उदकहरू


प्रकृति
गोधुली साँझ
इन्द्रेणी रङ्ग आकृति !
-लता पौड्याल निरौला

झरी
मनमा परी
रुझे आज परेली !
-सविता के. सी.

सूर्यास्त
प्रतीक्षा समाप्त
खुसी मनाउँदै चमेरा !
-टीकाराम जोशी

श्रावण
वर्षाको पानी
मन जलेर खरानी !
-आर्त अकुलीन

हृदयमा
चिन्ताको भारी
ठप्प जिन्दगीको सवारी !
-अञ्जिता राउत

आश
कतै टुट्ला
भन्ने लागेको सन्त्रास !
-घनश्याम पौडेल

पानी
असार श्रावण
झरी जस्तै जिन्दगानी !
-मञ्जु बस्नेत

घुम्टो
बादलको फरिया
वर्षातमा जगतै हरिया !
-हिमाल अम्मै

बिहानी
कामको थालनी
प्रकृतिमा प्रचुर जवानी !
-इन्दिरा ज्ञवाली

व्रत
धार्मिक आस्था
स्वस्थ रहने कला !
-तिला लेकाली


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...