Tuesday 20th January 2026

लक्ष्मी स्मृतिको गजल संग्रह – ३


गजल
###

एक दिन सुबास हराइ फूलले झर्नु पर्दछ।
बल हुन्जेल यादै नहुने म पनि मर्नु पर्दछ।

जता सुन्यो खवर रक्षक नै भक्षक भएको
घटिया सोच बढ्दो छ घर भित्रै डर्नु पर्दछ।

सज्जन बनुँ कि दुर्जन भन्नेलाई के भन्दिने
जसले गर्छन् अत्याचार नमस्कार गर्नु पर्दछ।

सबैका अन्नदाता रे किसान कसरी पत्याऊँ
आफैं पेट भर्न भर तिनले अरुकै पर्नु पर्दछ।

सानो झुपडिमा जन्मेर देख्न पाइँदैन सपना,
जाबो जिन्दगी चलाउनैमा रगत छर्नु पर्दछ।

-लक्ष्मी स्मृति,बिराटनगर-५


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...