Wednesday 1st April 2026

लक्ष्मी स्मृतिको गजल संग्रह – ३


गजल
###

एक दिन सुबास हराइ फूलले झर्नु पर्दछ।
बल हुन्जेल यादै नहुने म पनि मर्नु पर्दछ।

जता सुन्यो खवर रक्षक नै भक्षक भएको
घटिया सोच बढ्दो छ घर भित्रै डर्नु पर्दछ।

सज्जन बनुँ कि दुर्जन भन्नेलाई के भन्दिने
जसले गर्छन् अत्याचार नमस्कार गर्नु पर्दछ।

सबैका अन्नदाता रे किसान कसरी पत्याऊँ
आफैं पेट भर्न भर तिनले अरुकै पर्नु पर्दछ।

सानो झुपडिमा जन्मेर देख्न पाइँदैन सपना,
जाबो जिन्दगी चलाउनैमा रगत छर्नु पर्दछ।

-लक्ष्मी स्मृति,बिराटनगर-५


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...