Wednesday 1st April 2026

अथकका षडऋतुहरू


१. विमोहा छन्द

आज चर्कै पर्‍यो
जात नर्कै पर्‍यो
इष्ट नाता कठै
व्यर्थ तर्कै पर्‍यो
बात अर्कै पर्‍यो
घात मर्कै पर्‍यो

२. सोमराजी छन्द

गरम्ला परम्ला
चरम्ला छरम्ला
दुवैको जवानी
अपूरो कहानी
डरम्ला सरम्ला
हरम्ला मरम्ला

३. रत्नराज छन्द

शीत त्यो परेको
प्रीतले भरेको
कन्दले फलायो
गन्धले चलायो
मन्दमा हराएँ
छन्दमा रमाएँ

-पुष्कर अथक रेग्मी
पाल्पा


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...