Thursday 8th October 2026

धर्मिला कार्कीको गजल संग्रह – २६


बहर :- रमल मुसद्दस महजुफ

काम भन्दा अति कुरा गर्छन् यहाँ ।
गर्नु पर्दा काम पर सर्छन् यहाँ ।

प्राण धान्ने अन्न नहुँदा दिनदिनै
लाग्छ मान्छे भोकले मर्छन् यहाँ ।

दुष्टका पापी नजरद्वारा सधैं
कोपिला चुँडिएर नै झर्छन् यहाँ ।

वृद्ध बा आश्रम पुगे जीवित हुँदा
पिण्डद्वारा पार के तर्छन् यहाँ ।

देशमा कानूनको किनबेच भो
न्याय खै , निर्धा थुना पर्छन् यहाँ ।

 

-धर्मिला कार्की
महाराजगञ्ज-३, काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

पूर्वी जेरुसेलममा रहेको बेलायतको वाणिज्य दूतावास बन्द गर्ने इजरायलको निर्णयपछि दुवै देशबीच कूटनीतिक विवाद बढेको छ। इजरायलले कन्सुल जनरलसहित २०…

प्रतिकृयाहरू
...