Tuesday 20th January 2026

धर्मिला कार्कीको गजल संग्रह – २६


बहर :- रमल मुसद्दस महजुफ

काम भन्दा अति कुरा गर्छन् यहाँ ।
गर्नु पर्दा काम पर सर्छन् यहाँ ।

प्राण धान्ने अन्न नहुँदा दिनदिनै
लाग्छ मान्छे भोकले मर्छन् यहाँ ।

दुष्टका पापी नजरद्वारा सधैं
कोपिला चुँडिएर नै झर्छन् यहाँ ।

वृद्ध बा आश्रम पुगे जीवित हुँदा
पिण्डद्वारा पार के तर्छन् यहाँ ।

देशमा कानूनको किनबेच भो
न्याय खै , निर्धा थुना पर्छन् यहाँ ।

 

-धर्मिला कार्की
महाराजगञ्ज-३, काठमाडाैं ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...