Friday 20th March 2026

तिमीले पनि उत्पात गर्न लाग्यौ, धेरै हाँसोको पात्र नबन’


नेपाली सिने जगतमा आजकाल यदि कोही चर्चित छ भने, नायिका प्रियंका कार्कीको नाम शीर्ष स्थानमा आउँछ । उनी पछिल्लो पटक आफ्नो गर्भावस्थाका कारण अत्यधिक चर्चामा छिन् ।आफ्नो गर्भावस्थामा अत्यधिक रमाइरहेकी प्रियंका कार्कीले सामाजिक सञ्जालमा राख्ने फोटोका कारण पनि उनी चर्चामा छाइरहन्छिन् ।

कहिले पेटले जुसले खाइरहेको जस्तो गरेर फोटोसुट गराएर होस् त कहिले स्टेकेसन भनेर गरिएको फोटोसुट । उनी सोसल मिडियामा लगभग सधैंजसो छाउँछिन् ।पछिल्लो पटक प्रियंका आफ्नो गर्ल ग्याङ्गसँग स्विमिङ पुलमा गरिरहेको मस्तीका कारण चर्चामा आइन् ।

प्रियंकाको गर्ल ग्याङ्गमा सहाना बज्राचार्य र मेकअप आर्टिस्ट लेमीलाई पनि देख्न सकिन्छ । स्वीमिङको फोटो भएकाले सबैले स्विमसुट लगाइरहेको पनि देख्न सकिन्छ ।प्रियंकाका फ्यान फलोविङ अत्यधिक छ । त्यसैले उनले सोसल मिडियामा जे जति पोस्ट गर्छिन् त्यसमा धेरैले लाइक कमेन्ट र सेयर पनि गरिरहेका हुन्छन् । उनको यो पछिल्लो पोस्टमा पनि कमेन्टको वर्षा भएको छ ।कमेन्टमा कतिले प्रियंकाको पेट ठूलो भयो भनेका छन् भने कतिले नयाँ प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत बधाई दिएका छन् ।

कतिले प्रियंकाले नाटक नै धेरै गरेको बताइरहेका छन् । कतिले भने भयो अब पुग्यो, छिटो बच्चा जन्माइदेउ भनेर आग्रह पनि गरेका छन् । कतिले भने ‘त्यो निर्दोष जन्मन लागेको बच्चाको के दोष, यति ज्यादा नाटक नगरेको भए बिचराले संसार देख्नु अघि नै कतिको गाली खाइरहनु पर्ने थिएन’ पनि भनेका छन् ।

कतिले प्रियंकालाई ‘इज्जत छैन ? ’ भनेर पनि प्रश्न सोधिरहेका छन् । उनलाई धेरैले नकारात्मक कमेन्ट गरेका छन् । कति भने प्रियंकाको समर्थनमा पनि आएका छन् । कतिले ‘मान्छेलाई नराम्रो कमेन्ट गर्न हतार भएको देख्दा नि अचम्म लाग्छ’ पनि भनिरहेका छन् । यस्तै कतिले ‘उसको मर्जी, उसको लाइफ, कति रिस गर्छौ हो आरिसेहरु, हेर्न मन भए ब्लक गरिदेउ न कमेन्टमा किन कराईरा धेरै’ पनि भनिरहेका छन् ।

यस्तै एक फेसबुक प्रयोगकर्ताले ‘तिमीले पनि उत्पात गर्न लागेउ बरु नर्मल तरिकाले छिटो बेबी पाएर फोटो राख, सबैले बधाई दिन्छन् । धेरै हाँसोको पात्र नबन अब’ पनि भनेकी छिन् ।हुन त प्रियंका र आयुष्मानले आफ्नो बच्चा जन्मने निश्चित समय तोकेका छैनन् । तर प्रियंकाले सेप्टेम्बरमा छोरी आयांकालाई स्वागत गर्ने बताएकी छिन् । उनको बेबी सावरका तस्बिरले पनि धेरैको ध्यान आकृष्ट गरेको थियो ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...