Tuesday 20th January 2026

कविताः कहाँ छ गणतन्त्र ? -अनिपाल कार्की (सुप्रिम)


विकट वस्तिका मेरा बा भन्नू हुन्छ।
आफ्नै हातका औला गन्नु हुन्छ!
राणा राजा हुँदा बरु ठिकै थियो।।
न्यायाधीशले न्याय दिएकै हो।।

के हो यो तमासा
साच्चै यहीँ हो प्रजातन्त्र
यस्तै हुन्छ र लोकतन्त्र
कहाँ छ गणतन्त्र ?

हत्या हिंसा,आतंक ,बलात्कार
जस्ता घटना कानले कति सुन्ने
आखाले कति हेर्ने
विडम्बना छ साच्चिकै
कति सहने?

कहाँ छ प्रजातन्त्र
खोइ गणतन्त्र
यहि हो र लोकतन्त्र
सुन भन्दा महंगो नुन भै रहने
कसैलाई सुख कसैलाई दुःख हुने

दाजुभाइ लडाइ गरेर हैरानी छ?
विदेशी दलालको पैरानी छ
खुट्टा तानातान चलिरहेको छ
नेपाल आमाको छाती धपधप बलिरहेको छ

अनि कहाँ छ गणतन्त्र
खोइ लोकतान्त्र
यस्तै हुन्छ र प्रजातन्त्र
धनीले गरिवलाई हेपेका छन
आफन्त नजिकै चेपेका छन

जातीय द्वन्दले चरमरुपमै लडाउदैछ!
प्रेमकै लागि ज्यान बलि चडाउदैछ!!
कहाँ छ प्रजातन्त्र
खोइ त लोकतन्त्र
यस्तै हो र गणतन्त्र ?

 

-अनिपाल कार्की (सुप्रिम)
खत्याड गाउँपालिका-११
लुई(रातापानी) मुगु


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...