Tuesday 20th January 2026

टहल आचार्यको गजल संग्रह – १९


गजल
###
नीजि स्वार्थ पूरा गर्न अधोगति लाको देश ,
कैले उँभो लाग्नुथ्यो र निकम्बाले खाको देश।

व्यभिचारी भ्रष्टचारी हत्यारा र बलत्कारी ,
कपटी र दादा डन खुरापाती भाको देश ।

तप्केनीको बाली जस्तो सँधैभरी ओझेलमा ,
दुई ठुला ढुङ्गाको त्यो चेप झेल्दै आको देश ।

कैले भारत कैले चीन अमेरीका सम्मले नी ,
शक्ति साम्राज्य र बिस्तारवादभीत्र दाको देश ।

जान्ने सुन्ने भला पञ्च रकमी र काईतेबाटै ,
सुनको छाना उतारेर जिङल्टाले छाको देश ।

-टहल आचार्य
२०७८ /०४/०२


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...