Thursday 2nd April 2026

इन्द्र बोन्तावा ‘देवा’ को साहित्यिक रचना “युगले बिगुल फुकीसक्यो”


चेतनाबिहिन मानव आकृति
समवेदनाविहीन मुटुको कृयाशिलता
सबैको औचित्य पुष्टि हुन बाँकी छ ।

कर्मबिहिन अभिलाषा बोक्नेहरु
पूर्ण अङ्ग बोकेका अपाङ्गहरु
तन्द्रावस्थाबाट जागृत हुन बाँकी छ ।

भ्रमित छन् दूरदृष्टिहरु यहाँ
सुषुप्त छन् मश्तिष्कहरु यहाँ
ज्योति र जगतलाई बुझ्न बाँकी छ ।

त्रसित छन बिहानिसङ्ग परजीवीहरु
मदहोश छन् अग्रगामीका कदमहरु
लोकमा जिवित्ताको अर्थ बुझ्न बाँकी छ ।

बेवारिस झै छ कर्मभूमि यहाँ
सुनसान झै छ सदमार्ग यहाँ
युगले बिगुल फुक्यो जागृत हुन बाँकी छ ।

-इन्द्र बोन्तावा “देवा”
कटुञ्जे, भोजपुर
हालः कुवेत ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...