Tuesday 20th January 2026

शर्मिला श्रेष्ठका समसामयिक दमदार टुक्काहरू


समसामयिक टुक्काहरु
१/
पाइला साह्रै अप्ठेरो विषय थियो गहन,
संघर्ष गर्दै गए पछि बल्ल भयो सक्षम।

२/
लगाएको त्यो रहस्यमय खालको पगरी,
के को नखरा भन्दै अचम्भित थिए नगरी।

३/
जसरी नि पुग्नुपर्छ साँझ सम्म देउराली,
थकाइ थाती राखी साहसको कदम चाली ।

४/
पालै पाउन मुश्किल छ जानु थियो पँधेरो,
कठै ! घर फर्कदा जहिल्यै भएको अँधेरो ।

५/
चुस्त दुरुस्त भेटेको थिएँ त्यो साथी विहान,
आश्चर्य छिमेकीले भने छिट्टै आऊ चिहान ।

६/
उन्मुलन हुनै लाग्दा कुण्ठित भो सदाचार,
अनुसन्धानले पाइनेछ स्फूर्तिको आकार।

७/
भुत्ते खुकुरी भन्दा डर मान्नुपर्छ कर्दको ,
फुच्चे किन नहोस् अचानो अभ्यस्त छ दर्दको।

८/
देशले मलाइ के दियो र? भन्दिन म कैले,
भन्नु अघि सोचौँ देशलाई के के दिएँ मैले।

९/
समुहको एकै बोली त्यसैमा थियो तागत,
घरकी मुर्गी दाल होकि सोच्ने उस्को आदत।

१०/
अन्यायले हदै नाघ्यो भन्दै हिड्छ बदचलन्,
गहिराइ नतौलिइ गलत थियो आकलन्।

 

शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...