Thursday 23rd July 2026

एनसीसी कुवेतको नयाँ कार्यकालको लागि २९ जनाको उम्मेदवारी, अध्यक्षमा रानाध्वज लामा निर्विरोध


तीतोपाटी – गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको सन २०२१-२०२३ कार्यकालको लागि विभिन्न पदमा गरि २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वर्तमान उपाध्यक्ष राना ध्वज लामा अध्यक्ष पदका लागि निर्विरोध भएका छन् । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त सुजन के.सि. द्वारा हस्ताक्षर गरी उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो । निर्वाचन समितिले आज दिउँसो २ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म जनस्वास्थ्यको मापदण्ड पालना गराइ उम्मेदवारी आव्हान गरेको थियो भने इच्छुक व्यक्तिहरूले विभिन्न पदका लागि उम्मेदवारी दिएका थिए । एनआरएन कुवेतको इतिहासमा सबैभन्दा धेरै २ हजार भन्दा बढि पञ्जिकृत सदस्य भएको यो पहिलो पटक हो ।

राष्ट्रिय समन्वय परिषद कुवेतको सातौं राष्ट्रिय महाधिवेशनको लागि गठित निर्वाचन समितिले जारी गरेको सूचनामा जनाइए अनुसार आइसीसी सदस्यको लागि आवश्यक २ पदमा वर्तमान उपाध्यक्ष हरि लावती तथा सदस्य माधव पौडेलले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा टिकाराम आचार्य, माधव शाहि तथा उमेश पुडासैनीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा वर्तमान महिला उपाध्यक्ष अमृता बान्तवा नै दोहोरिने भएकी छन् ।

सबै पदहरूमा आवश्यक सीट अनुसारकै उम्मेदवारी परे पनि युवा संयोजक पदको एक सीटको लागि भने नबराज पराजुली तथा दामोदर बटाला २ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिले उम्मेदवारहरूको नामावली सार्वजनिक गरे संगै भोली बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्म उम्मेदवारी विरूद्ध दावी विरोध, उजुरी र उम्मेदवारी फिर्ताको लागि म्याद दिएको छ भने साँझ ७ः००  उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका राखेको छ ।

नयाँ कार्यकालको  विभिन्न पदका लागि तपसिल बमोजिमका व्यक्तिगहरूको उम्मेदवारी परेको छः

आइसीसी सदस्य
१. हरि लावती
२. माधव पौडेल

अध्यक्ष
राणा ध्वज लामा

उपाध्यक्ष
१. टिकाराम आचार्य
२. माधव शाही
३. उमेश पुडासैनी
४. अमृता बान्तवा (महिला उपाध्यक्ष)

महासचिव
१. मान बहादुर तामाङ

सचिव
१. जिवन कुमार बि.क.
२. मनिश के.सी.
कोषाध्यक्ष
प्रेम प्रसाद गुरुङ
सह कोषाध्यक्ष
सोनाम लामा

युवा संयोजक
१. नबराज पराजुली
२. दामोदर बटाला

महिला संयोजक
रमिता तामाङ

युवा सह संयोजक
आङ नोर्बु शेर्पा

महिला सह संयोजक
सजिना गुरुङ

सदस्यहरु
विजय धामी
देवी बहादुर सुनुवार
रेशम लामा
सुर्य कुमार लामा
गिता तिवारी
मिलन कुमार तामाङ
जिवन सुनार
वेदनाथ हुमागाईं
बसन्त साम्बा
हेमन्त नगरकोटी
सरोज बस्ताकोटी
जय नारायण माझी थारु

निर्वाचन समितिको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

प्रतिकृयाहरू
...