Tuesday 31st March 2026

अमेरिकामा इन्धन चौकीमा काम गर्ने एक नेपालीद्वारा अर्को नेपालीको गोलीहानी हत्या


तीतोपाटी डटकम- जिएनएन । अमेरिकामा ज्यादै दुखद घटना घटेको छ । अमेरिका आइ आफ्नो परिवारको उज्ज्वल भबिष्य बनाउन आएका एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् ।

अमेरिकामा बसोबास गर्ने ३ लाख भन्दा ज्यादा नेपालीहरु आश्चर्य चकित परेका छन् । ज्यादै दुखित भएका छन । यस्ता घटना अमेरिकामा नेपाली समुदायमा दुर्लभ हुने गर्छ । र ,यस्ता घटना कहिले देख्न र सुन्न नपरोस ।

अमेरिकाको न्यूजर्सीको एक इन्धन चौकी (ग्यास स्टेसन) तथा सुलभ पसलमा काम गर्ने नेपाली मूलका २३ बर्षिय मिलन घिमिरेले ५६ बर्षिय फू छेवाङ्गलाई गोली हानी हत्या गरेका छन् । तर उनले गोली हाने पछि प्रहरीलाई स्वयमले खबर गरेका थिए ।

घिमिरे र छेवाङ्ग संगै काम गर्ने सहकर्मी हुन् भने आफ्नै सहकर्मीलाई गोली न्यूजजर्सीको मावा भन्ने शहरमा हानेका हुन् । प्रहरीका अनुसार घिमिरेले कैयौ पटक हानेको प्रहरीले जनाएका छन् ।प्रहरीहरुलाई राती ९:४४ मिनेटमा खबर गरे पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

न्यूजर्सीको मावा नगर पालिकामा उक्त घटना गत सोमबार राती घटेको बर्गन काउन्टीका वादी मार्क मुसेलाले जनाएका छन् । प्रहरीले घटनास्थलमै छेवाङ्गको शव फेला पारेका थिए । तगोली हान्ने घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्रहरी बिभागको आकस्मिक सेवा ईकाईले पक्राउ गरेको थियो ।

घिमिरेलाई हत्या गरेको आरोपमा प्रथम श्रेणीको हत्या,गैर कानुनी रुपमा बन्दुक प्रयोग गरेको आरोपमा दोश्रो श्रेणी ,अनुमति बिना बन्दुक राखेकोमा दोश्रो दर्जाको आरोप लगाईएको उजुरीमा लेखिएको छ । घिमिरेले ९११ प्रहरीमा खबर गरि मैले कसैलाई गोली हाने मलाई थाहा छैन उ मर्यो कि भनि खबर गरेका थिए भनी स्थानिय पत्रिका नर्थजर्सी डटकमले समाचारमा उल्लेख गरेको छ ।

उक्त पत्रिकाका अनुसार छेवाङ्गको घर नजिक उनको लाश पाईएको थियो । र मावा प्रहरी बिभाग र बर्गन काउन्टीका वादीका कार्यालयले गोली काण्डको अनुसन्धान गरि रहेको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...