Tuesday 10th March 2026

एनआरएन स्पेन निर्वाचनमा महिला उपाध्यक्षमा कमला बराल लोकप्रीयता बढ्यो


तीतोपाटी डटकम-स्पेन- गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुने निर्वाचनमा महिला उपाध्यक्षको लागि स्पेनको नेपाली समुदायमा लोकप्रीय बनेकी कमल बरालले उम्मेदवारी दिएकी छिन । स्पेनको सुन्दर शहर पाइसभास्को बिल्बाओबाट प्रतिनिधित्व गर्ने बराल लामो समयदेख एनआरएनए अभियानमा सक्रिय भएर लागेकी महिला हुन् ।

करिब १ दशक देखि स्पेनमा बस्दै आएकी बराल २०१५ मा पाइसभास्कोमा एनआरएनए स्पेनको क्षेत्रीय समिती गठन हुँदा संस्थापक सदस्य रहेकी थिइन । त्यसपछि उनको एनआरएनए अभियानमा निरन्तर सक्रिय सहभागिता हुँदै आएको छ । क्षेत्रीय समितीको २०१७–१९ मा सचिव भएर सफल कार्यकाल सम्पन्न गरेकी बरालले २०१९–२१ को अध्यक्षको रुपमा भर्खरै सफल कार्यकाल पुरा गरी हालै नयाँ नेतृत्वलाई कार्यभार सुम्पेर केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन ।

एनआरएनए तथा संघसस्थाहरुमा महिला सहभागिता र सक्रियता लागि आवाज उठाउँदै आएकी बराललाई स्पेनका नेपाली समुदायले एक आशा लाग्दो महिला नेतृत्वको रुपमा लिएका छन् । स्पेनको नेपाली समुदाय र संघसस्थामा महिलाहरु नेतृत्वमा पुग्न नसकिरहेको अबस्थामा आफुले नेतृत्वमा लागि दावी गरेको र यसले भोलीका दिनमा धेरै महिलाहरुलाई नेतृत्वका लागि अगाडि बढ्न हौसला हुने उनले बताएकी छिन् । उनले आफु महिला उपाध्यक्षको लागि चुनावी मैदानमा आएको भएपनि भोलीका दिनमा निर्वाचित भैसकेपछि पुरै स्पेनको समुदायका लागि काम गर्ने तर प्राथमितामा महिला समुदाय नै रहने बताईन ।

स्पेनमा लामो समयदेखि बसेकोले यहाँका नेपालीहरुको समस्या र खासगरी डिपेन्डेटको रुपमा आउने महिलाहरुलाई समुदायमा घुलमिल हुन धेरै समय लागेको आफुले पाएकोले त्यसमा सहजिकरण गर्ने कार्यक्रम र योजना आफुले अघि सार्ने बताइन् । उनले महिला र नयाँ पुस्ताका बालबालिकाहरुलाई स्पेनमा एनआरएनए तथा अन्य कुनैपनि संघसस्थाले सम्बोधन गर्न नसकेकोले आफुले यसमा मुख्य ध्यान दिने बताइन् । साथै एनआरएनएको महिला विभागसँगको सहकार्य गरेर नेपाली समुदायका लागि धेरै काम गर्न सकिने उनले बताइन् ।

एनआरएनमा परिवर्तन गर्ने आफुहरुको योजना रहेको भन्दै उनले एनआरएनए केन्द्रको योजना अनुसार डिजिटल एनआरएन बनाउने र स्पेनको एनआरएनलाई आत्मनिर्भर तथा बलियो संस्था बनाउन नेपाल हाउस, सामुहिक सहकारी, अक्षय कोषको स्थापना लगायतका योजना पुरा गर्न आफुहरु लाग्ने उनले बताइन् ।

आफु लामो समयदेखि एनआरएनए अभियानमा रहेको भन्दै उनले एकपटक सक्षम महिलालाई केन्द्रीय नेतृत्वमा अघि बढाउन सवै स्पेनबासी नेपालीलाई आग्रह गरेकी छिन् । बराल भन्छिन ‘सबै समाजका सामाजिक अभियन्ताहरुले साथ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेर नै म उमेदवारी दिन आएको पनि दावी गरेकी छिन् । एनआरएनए स्पेनको आगामी कार्यकालका लागि यही जुलाई २६ तारिकमा अनलाइन भोटिङ हुँदैछ ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...