Wednesday 18th February 2026

गैरआवसिय नेपाली संघ-दक्षिण कोरियाको निर्वाचन समिति खारेजीको माग


तीतोपाटी डटकम-जिएनएन-गैरआवासीय नेपाली संघको दक्षिण कोरियाका आईसीसी सदस्य तथा लक्ष्मी लामा गुरुङले निर्वाचन समिति खारेज गरी पाऊँ भनी गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषद काठमाडौ नेपाललाई निर्वाचन आचारसंहिताको विपरीत काम गरेको भन्दै उनले निर्वाचन मण्डलका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीको निर्बाचन समिति खारेज गर्न निवेदन पेश गरेकी छिन्।

आठौं अधिवेशन गर्ने क्रममा विधिविधान, नीतिनियम ,कानुनभन्दा बाहिर गई मनोमानी तवरबाट गरेको र संस्थामा स्थापनाकालदेखि नै एनआरएनए दक्षिण कोरियाको अभियानसँग जोडिएका व्यक्तिहरूलाई उपेक्षा गरि एकतर्फी ढङ्गबाट अगाडि बढेको र उक्त कार्यले एन आर एन ए अभियान लाई गम्भीर आघात पुगेको भन्दै निवेदन पेश गरेकी छिन्।

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आठौ अधिवेशन संपन्न जुलाई ४ मा भएको र अधिवेशनको अन्तसंगै ज्ञानेन्द्र प्रसाद जोशीको संयोजकत्वमा निर्वाचन समिति गठन गरीएको थियो । प्रारम्भ देखी नै निर्वाचन समितिको काम कारवाही विवादास्पद देखिएको सामाजिक सञ्जालमा छरपस्ट देख्न सकिन्छ ।अधिकांश एन आर एन अभियान्ताको आवाजलाई उपेक्षा र वेवास्था गर्दे केही व्यक्ति को निहित स्वार्थमा लागी जोशीले काम गरेको केही एनआरएन अभियान्ताको आरोप छ ।

एनआरएन लाई “नेपालीकाे लागि नेपाली” नारा अभियान लाई वुझेर आफ्नो हर्षोल्लासका साथ आफ्नो उम्मेदवारी दिईएका केही उम्मेदवारलाई निर्बाचन मण्डलले उम्मेदवार दर्ता गरेकालाई फोन गरेर फिर्ता लिन वा प्रभावित पार्ने किसिममा काम गरिरहेको एक उम्मेदवारले आफ्नो सामाजिक सञ्जालमा दुःख पोखेकी छिन् ।यस्तो क्रियाकलापले निर्वाचनको सामान्य सर्त पनि पुरा नगरेको आम कोरियावासी जनसमुदायको वुझाई छ ।
उनको पत्र जस्ताको तस्तै:-

श्री अध्यक्ष ज्यू गैरआवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्य परिषद, काठमाडौँ नेपाल।
विषय : गैरआवसिय नेपाली संघका, दक्षिण कोरिया को निर्वाचन समिति खारेजी गरि पाऊँ।
उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघको दक्षिण कोरियाको आठौं अधिवेशन गर्ने क्रममा विधिविधान नीति नियम कानुन बन्दा बाहिर गरी मनोमानी तवरबाट गरेको देखिएको छ। निर्वाचन लगायत विभिन्न विषयमा पटक-पटक एन आर एन ए कोरियाको बर्तमान कार्यसमिति लगायत अभियान्ता अरुसँग नियमसंगत अनुरोध गर्दापनि अभियान संग जोडिएका तमाम विषयवस्तुमा छलफल हुन नसकेको जानकारी गराउनु पर्दा अत्यन्त दुख लागेको छ ।यस अभियानको सुरुवात देखि नै अहोरात्र खटेका धेरै साथीहरु हुनुहुन्छ जसको योगदान बिना एनआरएन कोरिया आजको अवस्थासम्म आउन सम्भव थिएन। तिनै अभियन्ताहरुको सहयोग र अनुरोधको समेत उपेक्षा गरी संस्थाको गरिमा नै मेटाउने गरी केही व्यक्तिहरु सक्रिय अहिले छन् ।यहाँबाट केन्द्रमा पटक-पटक इमेल गर्दा पनि विषय प्रवेश नै नगरेपछि म आइसीसी सदस्य लक्ष्मी लामा गुरुङ निराश बन्दै छु। यो संस्था एक अभियानको रुपमा बुझेर लागेकी थिए तर व्यवहारमा त्यस्तो देखिएन ।अहिलेको अवस्थामा धेरै कोरियावासी नेपाली साथीहरु पंजिकृत सदस्य हुनबाट बञ्चित गरिएको छ ,जुन अत्यन्त दुर्भाग्यपूर्ण छ।”यो पटक कम्तिमा १० हजार पंजीकृत सदस्य बन्ने सम्भावना थियो तर नेतृत्वको घमण्ड र नालायकीपन ले समाज प्रतिष्ठित व्यक्तिहरु लाई पनि सदस्यता लिन बाट रोकिएको छ” ।अन्त्यमा, गैरआवासीय नेपाली संघलाई एक सफल र विवादरहित अभियान बनाउनका लागि भएपनि यो विषयलाई गम्भीर रुपमा लिईदिनुहुन हार्दिक अनुरोध गर्दछु। हाल एनआरएनए कोरियामा भएका केही कमजोरीहरुलाई बुँदागत रुपमा उल्लेख गरेको छु।
१)पंजिकृत सदस्यताको अन्तिम नामावली प्रकाशन नगरी निर्वाचन प्रक्रिया सुरु गरिएको।
२)उम्मेदवारको योग्यता र अयोग्यता मनोमानी तरिकाबाट छानबिन गरेको ,उम्मेदवारलाई व्यक्तिगत रुपले सम्पर्क गरी उम्मेदवारी फिर्ता गर्न अनुरोध गर्ने व्यक्ति र पहुँचको आधारमा उसरी स्वीकृत वा अस्वीकृत गरिएको।
३) अधिबेशन जुलाई ४/० मा सम्पन्न भएता पनि आजसम्म जुलाई १२ पनि सदस्यता प्रमाणित गरीराखेको।
४) निर्वाचन समितिले १४ सय जनाको मतदाता नामावलीका टासिएकोमा मतदाता २२०२ जना भनी राखिएको
५) निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरी राख्दा पंजिकृत सदस्यको व्यक्तिगत विवरण बाहिरिएको।
६) उम्मेदवारको अयोग्यता लाई लिएर गरिएको दावी/ विरोधको विषय (कसले कसलाई दावी विरोध गर्यो) निर्वाचन समितिले बाहिर नै छताछुल्ल बाहिर जानकारी गरिदिएको।
७) पंजिकृत सदस्य निःशुल्क भर्न दिएको र सो को लागि व्यक्तिगत विवरण मोबाइल कम्पनी लाई बेचेर सदस्यता बनेको छ जसलाई निर्वाचन समितिले मान्यता दिएको छ, जुन कोरियाको प्रचलित कानुन खिलाफ छ ।
८) एउटै बिसामा एकै पदका लागि दिएको उम्मेदवारी स्वीकृत र अर्को अस्वीकृत गरिएको छ जुन अव्यवहारिक र एकपक्षिय छ ।
यी लगायत यावत समस्याहरु सम्बोधन गरी एनआरएन कोरियालाई यहाँ रहनुभएका सबै नेपालीहरुको अपनत्वबोध गराउन श्री ज्ञानेन्द्र प्रसाद जोशीको संयोजकत्वमा हुन लागेको आठौ अधिवेशन अवैधानिक र गैरजिम्मेवार ठहर गर्दै सो समितिलाई पूर्णतया खारेज गरिपाउँ भनी केन्द्रीय अध्यक्ष मार्फत सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु।
धन्यवाद
लक्ष्मी लामा गुरुङ
आइसीसी प्रतिनिधि
गैरआवासीय नेपाली संघ दक्षिण कोरिया


सम्बन्धित शीर्षकहरु

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

लुलु हाइपरमार्केटले यस हाला फेब्रुअरीमा कुवेतको राष्ट्रिय तथा मुक्ति दिवसहरूलाई ‘I Love My Kuwait’ नामक भव्य प्रमोसन मार्फत अविस्मरणीय किनमेल…

प्रतिकृयाहरू
...