२०८ औं भानु जयन्तीको उपलक्ष्यमा पञ्चाङ्ग साहित्य समाजले सबै स्रष्टाको देहाय बमोजिम पञ्चाङ्ग रहकोछ ।
भानु जयन्तीकै अवसरमा सबै सर्जकमा हार्दिक मंगल शुभकामना ब्यक्त गर्दछौं ।
पञ्चाङ्ग साहित्य समाज नेपाल
परिवार
❤ पञ्चाङ्ग – १
आदि कविले लेखे रामायण गुन भएको छ
घरघरमा सजिने पहेँलो सुन भएको छ
हराउँदै गए संस्कृत भाषा अन्धो हुने गरी
मस्तिष्क उर्वरा त्यो माटोलाई चुन भएको छ
अँधेरी रातमा चम्किलो चन्द्र जुन भएको छ ॥
❤ सविता के.सी. ❤
पञ्चाङ्ग, २
******
घाँसी बाट धेर थोर ज्ञान पायौ भानु।
रची साहित्य धेरै सम्मान पायौ भानु।
संस्कृत भाषाको रामायण उल्था गरि।
अादिकबी भनी अाज सान पायौ भानु।
मृत्यु पछी नेपाली को जान पायौ भानु।
******
लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा
पञ्चाङ्ग ३
भानु नाम युगौ सम्म सन्सारमा चम्किरहोस्
आकाश का जुन तारा सँघारमा चम्किरहोस्
तिम्रै देन भाषा भेष सस्कृति को उत्थानमा
सबै देश बिदेशका भन्सारमा चम्किरहोस्
सुन हिरा मोति जस्तै धन्सारमा चम्किरहोस्
लक्ष्मी बस्याल बर्दिया
पञ्चाङ्ग ४
साहित्यमा कलम चलाए भानुभक्तले।
नेपाली भाषालाई बनाए भानुभक्तले।
उहाँको सम्झना शुभकामना व्यक्त
गर्दै,
रामायण लेखेर कमाए भानुभक्तले।
छन्दलाई परिचय गराए भानुभक्तले।
सुशीला पौडेल , अर्घाखाँची
🌹पञ्चाङ्ग🌹 ५
संसारमा ताराहरु झैँ चम्कियौ नि भानु कति तिमी,
सबैलाई नै हौसला दिने उदाहरण जति तिमी,
सबैको मनमुटुमा छौ आहा !
मान्नुपर्छ भानुलाई,
साहित्यमा कदम बढाई रच्यौ रचना अति तिमी,
असल बाटो हिँडेर, कसैलाई गर्दैनौ खती तिमी l
🌹रिता खराल, रुपन्देही🌹
पञ्चाङ्ग ६
********
सारा नेपालीलाई अनेकौं दियौ ज्ञान भानु ।
तिमीले पनि विश्वमा धेरै पायौ मान भानु।
साहित्य क्षेत्रमा संसार भरी फैलियाै तिमी ,
अादिकवि भानुभक्त यही हाम्रो ध्यान भानु।
धेरै कृति लेख्यौ आहा! आफ्नै छ नि सान भानु l
शाेभा अर्याल , रुपन्देही
पञ्चाङ्ग ७
भानु तिम्राे रामायण मुटु भित्र छाएकाे छ।
दिन रात काेइलीले तिम्रै गीत गाएकाे छ।
नबिर्सने चिनाे छाेट्याै पैला संस्कृतिमा रैछ।
ऐले भने नेपालीमा पाठ पढ्न पाएकाे छ।
सबैलाई दिनरात तिम्रै याद अाएकाे छ।
ताेयानाथ सुवेदी
२०७८/०३/२९
पञ्चाङ्ग ८
अहा ! भानु भक्त कविका कुरा यि
उठाए त मैले दरिला छुरा यि
उदाएर भानु भए आदि कवि
लेखे बाल काव्य खेलाए भुरा यी
सुने घाँसी अर्ति गमे है लुरा यी ।
( भानु जयन्ति)
मधुसूदन प्रसाद घिमिरे ,काठमाडौ
पञ्चाङ्ग – ९
देशका लागी ठुलो योगदान गरेर ~गए भानु
साहित्य विधामा मिठो सुगन्ध छरेर गए भानु
संसारभर आदिकवि~नामले परिचित भइ
सारा जनताको आँखामा आँसु भरेर गए भानु
यो लोक छोडी स्वर्गमा बसाइँ सरेर गए भानु।।
…✍️
-अन्जिता राउत
नेचा सल्यान ५ सोलुखुम्बु
पञ्चाङ्ग १०
जन्मेका थिए भानु र त साहित्य जाेगियाे अाज
प्रेरक घाँसी भएरै भानुभक्त भाेगियाे अाज
कहँ, कसनबेला कस्ले दिन्छ थाहा छैन
त्याे प्रेरणा फैलिएर संसारमा पाेखियाे अाज
नेपाली जन जिब्रामा रामायण ठाेकियाे अाज
रामराजा के.सी. काठमाडौ
पञ्चाङ्ग ११
नेपालीलाई ठूलो गुण लगाएर गयौ तिमीले भानु ।
साहित्य क्षेत्रमा देश नै सजाएर गयौ तिमीले भानु ।
आदिकबी नामले चिन्छौं देशभरी जनले तिमीलाई ,
साहित्य नयाँ नयाँ लेख बनाएर गयौ तिमीले भानु ।
नवीन कृति नेपालमा चलाएर गयौ तिमीले भानु ।
सोमनाथ लुइटेल रवि पाल्पाली
/पञ्चाङ्ग / १२
पञ्चाङ्ग शुरु भो अष्टाङ्ग लेख्न आइदेउ भानु तिमी।
अष्टाङ्ग महिमा अपार देख्न गाइदेउ भानु तिमी।
सप्तक अष्टाङ्ग नवधा दशमी पनि लेख्न सकिन्छ।
पञ्चाङ्ग समान अष्टाङ्ग देख्न धाइदेउ भानु तिमी।
असमान भाव सुटुक्क मेट्न छाइदेउ भानु तिमी।
[ अगस्टीन राई, पूर्व सिक्किम, भारत ]
पन्चाङ्ग १३
साहित्यमा खडेरी हुने सुख्खा याम भेट्दथे ।
भानुभक्त रामभक्त बनी रामायण लेख्दथे ।।
वधुशिक्षा भक्तमाला र अनेकों कविताहरु ।
सुन्दर श्लोक बनेर जहीतहीं अगो उकेल्दथे ।
उनका कलमको प्रहार कहाँ कस्ले छेक्दथे ।।
चुडा निर्भीक
पञ्चाङ्ग १४
भाषिक एकता गर्ने भानुलाईसलाम
अमर त्याे ज्याेति छर्ने भानुलाई सलाम
गरी अनुवाद नेपालीमा रामायणकाे
नेपालीकाे गला भर्ने भानुलाई सलाम
चुँदीबाट विश्व सर्ने भानुलाई सलाम ।
चन्द्रावती अधिकारी ,लमजुङ दुराडाँडा २ ,हाल: कोहलपुर ।