Wednesday 11th March 2026

सविता के. सी. को झरना (दश झरहरू)


” झरदेखी झरनासम्म ,हाम्रो यात्रा सागरसम्म ”

झरना (दश झरहरू)

१.
भानुभक्तले लेखेको कृतिले एउटा संस्कार सिकायो,
संस्कृति परम्पराको अतुलनीय व्यवहार सिकायो ।

२.
भानुभक्तले बसालेको जग अमर रहन्छ,
कथा रामायण नेपालीमा सधैँ अजर रहन्छ ।

३.
आयु यस्तो होस्, २०८ वर्ष बाँचेजस्तो होस्
अझै अर्को ८०२ वर्षसम्म ताजै युवा रहोस् ।

४.
वधूशिक्षा के थियो अझै पढ्न पाएको छैन
वधूले अक्षर देख्न चिन्न पाएको हैन ।

५.
हेर हेर पुर्खाले नारीसम्मान गरेको
आधुनिक मान्छेले मात्र नारी अधिकार हरेको ।

६.
बुझ्दैनन् अक्षर भनिकन नेपालीमा रुपान्तरण गरे
अलिअलि भएको भाषा नेपाल सरकारले हरे ।

७.
स्कुलमा संस्कृत भाषा पढाउन जरुरी छ
विषय हटाएर संस्कृतको हत्या गर्न कहाँ पाइन्छ ?

८.
छन्द खोज्छन्, हिज्जे विन्यास खोज्छन् साहित्यमा
भाषा लुकाएर कहाँ पाइन्छ यो वास्तविकतामा ?

९.
मलाई रहर छ भक्तमाला, वधूशिक्षा पढ्ने हेर्ने
यो मेरो इच्छा अब कसले हो पूरा गर्ने ?

१०.
ती पौरखी हातले कुवा बनाए, बटुवालाई पानी पिलाए
संस्कार मासिएन, नयाँ बस्यो, सन्ततिलाई केही सिकाए ।

सविता के.सी. ❤ ❤
काठमाडौ


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

प्रतिकृयाहरू
...