Thursday 2nd April 2026

कविताः श्रदा शुमन भानुभक्त -अनिपाल कार्की सुप्रिम


पहाडको अति वेस देश तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया।
खुव उच्च कुल आर्यबंशी हुनगई सत्कर्ममा मन दिया।।

विधामा पनि जो धुरन्धर भैइ शिक्षा मलाई दिया।
तिनको नाति म भानुभक्त भनी हुम यो जानी लिया।।

रामायणको अनुपात नेपालीमा उनले गरेका थिया।
कृति भक्तमाला वधुशिक्षा प्रश्नोत्तर हामीलाई दिया।।

नेपाली भासाका आदि कवि मोतिरामको उपाधी।
नेपालको तनहुँ जिल्ला रम्भा नजिकै चुंदी।।

बहुआयामिक व्यक्ति भानुभक्त साहित्यका गुरु।
तेह्र वटा शास्त्रीय छन्दको अनुपम प्रस्तुति र सुरु।।

हिन्दु धर्म साथमा राखी सतिघाटमा मरण भयो।
ठूलो क्षेती भएको छ यहाँ हामिलाई धोको अधुरो रयो।।

श्रदा शुमन भानुभक्त प्रती नेपाल र नेपालीको रहिरनेछ।
विर्सन त आफू मरेर पनि यादहरु आईरहने छ ।।

अनिपाल कार्की सुप्रिम
खत्याड गाउँपालिका -११ रातापानी लुई मुगु


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...