Friday 7th August 2026

स्रष्टा रिता खरालका उत्कृष्ट उदकहरू



भय
डर त्रास
आत्मामा हुने आभास !


लक्ष्य
सोच विचार
गरेर अघि बढ्नु !


जीवन
अनौठो अचम्म
भोगाइ हरपल हरदिन !


सुन्दर
हराभरा प्रकृति
मनोरम दृश्य आहा !


बेजोड
प्रस्तुति दिनु
संसारमा धरै झल्किनु !


नियम
पालना गर्नु
असल पाटो रोज्नु !


हिँडाइ
जीवनको यात्रा
कठिनाई सङ्घर्ष कति !


असल
कर्म गर्नु
भाग्यको भर नपर्नु !


रुनु
पीडा कति
सहन नसक्नु अति !

१०
पराल
गुन्द्री बुन्ने
गाई भैँसीले खाने !

११
झरी
सारै मनपरी
अविरल लामो समय !

१२
पानी
शुद्ध पिउनु
स्वस्थ जीवन जिउनु !

१३
इमानदार
मिहिनेती परिश्रमी
सबैमा हुनुपर्ने गुण !

१४
विडम्बना
अप्ठ्यारोमा पर्नु
सहन नसकेर ढल्नु !

१५
रोपाइँ
छुपुछुपु धान
चाहिने वर्षभरि खान !

१६
कहर
कोरोना सारै
फैलियो गाउँ सहर !

१७
छाडा
नछोड्नु कसैलाई
बिग्रिएर समस्या आफैँलाई !

१८
घर
बस्ने ठाउँ
जन्म कर्म थलो !

१९
कलह
झगडा धेरै
नोक्सान हुने चौफेरै !

२०
खुसी
रमाइलो समय
उमङ्ग हर्ष मनमा !

२१
प्रकृति
हरियाली जताततै
आहा ! मन लोभ्याउने !

२२
दु:ख
जीवनमा आउँछ
सङ्घर्षका पाइला छाउँछ !

२३
वर
पिपल चौतारी
आहा ! राम्रो दौँतरी !

२४
हिंसा
अपराध शोषण
रोक्नुपर्छ सबै मिलेर !

२५
कमल
फूल हिलैमा
मिठो माया दिलैमा !

✍️ रिता खराल, रुपन्देही


सम्बन्धित शीर्षकहरु

रियाद । एक वरिष्ठ साउदी अधिकारीलाई उद्धृत गर्दै अल अराबिया इङ्ग्लिसले हुथी विद्रोही, इराकस्थित इरान समर्थित सशस्त्र समूहहरू र इरानको…

बेलायतको आर्मी फाउन्डेसन कलेज (एएफसी) मा प्रशिक्षण लिएका चार पूर्व महिला प्रशिक्षार्थीले आफूहरू १७ वर्षको उमेरमा यौन दुर्व्यवहार, यौन उत्पीडन…

इजरायलले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणका कारण व्यापक वन क्षेत्रमा आगलागी भएको छ भने दर्जनौं घरमा क्षति पुगेको छ।…

प्रतिकृयाहरू
...