Tuesday 20th January 2026

स्रष्टा रिता खरालका उत्कृष्ट उदकहरू



भय
डर त्रास
आत्मामा हुने आभास !


लक्ष्य
सोच विचार
गरेर अघि बढ्नु !


जीवन
अनौठो अचम्म
भोगाइ हरपल हरदिन !


सुन्दर
हराभरा प्रकृति
मनोरम दृश्य आहा !


बेजोड
प्रस्तुति दिनु
संसारमा धरै झल्किनु !


नियम
पालना गर्नु
असल पाटो रोज्नु !


हिँडाइ
जीवनको यात्रा
कठिनाई सङ्घर्ष कति !


असल
कर्म गर्नु
भाग्यको भर नपर्नु !


रुनु
पीडा कति
सहन नसक्नु अति !

१०
पराल
गुन्द्री बुन्ने
गाई भैँसीले खाने !

११
झरी
सारै मनपरी
अविरल लामो समय !

१२
पानी
शुद्ध पिउनु
स्वस्थ जीवन जिउनु !

१३
इमानदार
मिहिनेती परिश्रमी
सबैमा हुनुपर्ने गुण !

१४
विडम्बना
अप्ठ्यारोमा पर्नु
सहन नसकेर ढल्नु !

१५
रोपाइँ
छुपुछुपु धान
चाहिने वर्षभरि खान !

१६
कहर
कोरोना सारै
फैलियो गाउँ सहर !

१७
छाडा
नछोड्नु कसैलाई
बिग्रिएर समस्या आफैँलाई !

१८
घर
बस्ने ठाउँ
जन्म कर्म थलो !

१९
कलह
झगडा धेरै
नोक्सान हुने चौफेरै !

२०
खुसी
रमाइलो समय
उमङ्ग हर्ष मनमा !

२१
प्रकृति
हरियाली जताततै
आहा ! मन लोभ्याउने !

२२
दु:ख
जीवनमा आउँछ
सङ्घर्षका पाइला छाउँछ !

२३
वर
पिपल चौतारी
आहा ! राम्रो दौँतरी !

२४
हिंसा
अपराध शोषण
रोक्नुपर्छ सबै मिलेर !

२५
कमल
फूल हिलैमा
मिठो माया दिलैमा !

✍️ रिता खराल, रुपन्देही


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...