Wednesday 11th March 2026

तस्बिरमा लेखिएका ५५ स्रष्टाका उदकहरू :


तीतोपाटी – समय प्रगतिशील छ, समाज पनि प्रगतिशील छ । साहित्य पनि प्रगतिशील नै बनेर गएको छ । साहित्यमा पनि काव्यमा धेरै विधा, उपविधा, प्रविधाहरूको परिकल्पना भइरहेका छन् । काव्य साहित्यकै एक उपविधाको रूपमा उदक जन्मेको हो । हाल यसै उदक लेख्नेहरूको संख्या ह्वात्तै बढेर गएको छ । यसका प्रवर्तक आर्त अकुलीनले हरेक सप्ताह उदक अभ्यास गराउँदै उदक श्रष्टा बढाइरहेका छन् ।

हामीले आज पनि उनै स्रष्टाहरूले माथिको चित्र हेरेर लेखेका उदकहरूलाइ यहाँ प्रकाशित गरेका छाैं ।

उदक अभ्यास : भाग ७
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०३-२६ गते शनिवार
सहभागी सङ्ख्या : ५५ जना

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन प्रवर्तकले हार्दिक अनुरोध गरिएकोमा सहभागी सम्पूर्णलाइ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रवर्तक आर्त अकुलिनले हामीलाइ उपलब्ध गराएका उदकहरू अबको क्रममा प्रस्तुत छन्


दृष्टि
सुन्दर प्रकृति
दैवको अनुपम कृति !
✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली

 


सुन्दर
वातावरण कति
आहा ! स्वस्थ जीवन !
✍️ रिता खराल , रुपन्देही

 


प्रकृति
अनाैठाे आकृति
आँखाकाे दृष्टि संस्कृति !
✍️ सविता के.सी., काठमाडाैँ

 


क्रान्तिकारी
राताे वृक्ष
प्रकृतिमा साम्यवादको प्रतीक !
✍️ दामाेदर ढकाल, भाेजपुर

 


दृश्य
अति सुन्दर
धन्य उपहार प्रकृतिको !
✍️ कृष्ण दास जोशी, मेरिल्याण्ड, अमेरिका

 


दृश्य
असल सङ्केत
मनोरम उघारो दिनहरू !
✍️ अगस्टीन राई, पूर्व सिक्किम, भारत

 


प्रकृति
सुन्दर दृश्य
शक्ति अनेकौं अदृश्य !
✍️ शिव खनाल जीवम, रुपन्देही

 


अवर्णनीय
सुन्दर कला
प्रकृतिका अनेक रङ्ग ।
✍️ समुन्द्रा शर्मा, सुनसरी

 


प्रकृति
मनोरम दृश्य
भूत वर्तमान भविष्य !
✍️ राम न्यौपाने ‘बिन्ती’, कैलाली

 

१०
हरियाली
सुन्दर वातावरण
आहा ! मनै फुरुङ्ग !
✍️ अन्जिता राउत, नेचा सल्यान-५, सोलुखुम्बु

 

११
प्रकृति
अनुपम उपहार
प्राकृतिक सुन्दर दृश्य !
✍️ सरस्वती श्रेष्ठ, इटहरी

 

१२
बर्षात
एकछिन् रोकियो
नजरमा प्रकृति ठोकियो !
✍️ नारायण कोइराला, तानसेन, पाल्पा, हाल : यूएई

 

१३
सृष्टि
अद्भुत अनन्य
अनन्त विम्बित यात्रा !
✍️ राेशन पराजुली, धरान, सुनसरी

 

१४
प्रकृति
अनुपम उपहार
सुन्दर स्वच्छताको छवि !
✍️ दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौं

 

१५
प्रकृति
विशाल वैभव
स्निग्ध सुन्दर आहा !
✍️ तिला लेकाली, मोरङ

१६
प्रकृति
सौन्दर्यको भण्डार
मन लोभ्याउँछ सधैं !
✍️ रमा खतिवडा ‘मैनशिखा’, पोखरा

 

१७
प्रकृति
मोहनी तिमीसँग
लुट्पुटिन्छ्न् नजर अजीवसँग !
✍️ टुकादेवी आचार्य, शुक्लागण्डकी, तनहुँ

 

१८
आकाश
धर्तीको हरियाली
निलोमा सेतो बादल !
✍️ सोमनाथ लुइटेल ‘रवि’, पाल्पा, हाल : युगाण्डा

 

१९
रूप
सुन्दर कलास्वरूप
मनमोहक सादृष्य अनुप !
✍️ होमप्रसाद नेउपाने, धरान, सुनसरी

 

२०
प्रकृति
अनुपम छटा
अमूल्य प्राकृतिक सम्पदा !
✍️ वसन्त अनुभव, घोराही-१४, दाङ

 

२१
मनोरम
दृश्यमा प्रकृति
सम्माननिय कला स्वरूप !
✍️ सावित्रा अधिकारी, काठमाडौं

 

२२
बादल
सुन्दर हरियाली
हामी धर्तीमा भाग्यमानी !
✍️ खड्गबहादुर गुरुङ, कैलाली

 

२३
निर्मल
स्वच्छ गगन
तल हराभरा गरा !
✍️ मङ्गला उपाध्याय कलैया-१, बारा

 

२४
प्रकृति
मनै लाेभ्याउने
सुन्दर दृश्यले आनन्दित !
✍️ राजकुमार राजभण्डारी, काठमाडौं

 

२५
हरीयाली
अतृप्त दृष्य
थुम्का सुन्दर पहाड !
✍️ बलराज गिरी, कैलाली

 

२६
प्रकृति
आकाशमा घन
लौकिक छटा धरामा !
✍️ विजया घिमिरे, जनकपुर

 

२७
आकाश
हेर अनेकौं
मन छुने प्रकाश !
✍️ खगेन्द्र बस्याल, रुपन्देही

 

२८
गगन
अदृश्य पवन
सुन्दर शान्त मन !
✍️ पूर्ण बहादुर श्रेष्ठ ‘हृदयङकृत’, काभ्रे

 

२९
धर्ती
प्रकृति ऐनामा
सुन्दर रुप पोख्दै !
✍️ हृदय लेकाली, भैरहवा

 

३०
सुन्दर
शान्त वातावरण
आवश्यक मानिसमा अनुकरण !
✍️बादल गुरुङ वियोगी, सङ्खुवासभा

 

३१
सुन्दरता
दृष्टिको लागि
प्रकृति हाम्रो वरदान !
✍️ अटल उपेन्द्र, कैलाली

 

३२
आकर्षण
रमाएर बाँचेका
सुन्दर प्रकृतिमा हामी !
✍️ सुशीला पाैडेल, काठमाडौं

३३
प्रकृति
विचित्र भाव
अनेकतामा एकता आकृति !
✍️ चन्द्रकला अधिकारी, पाँचथर

 

३४
प्रकृति
मनमोहक लागेको
आफ्नै अनुपम सौन्दर्य !
✍️ पुष्पा सायरा, बिराटनगर

 

३५
प्रकृति
बादलमा आकृति
मनमाेहक आकाश धर्ती !
✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

 

३६
पवित्रता
मनको आकर्षण
अनुपम प्राकृतिक सौन्दर्य !
✍️ आर्त अकुलीन, कैलाली

 

३७
प्रकृति
सुन्दर उपहार
दृश्य नयन वरदान !
✍️ बिमला आठपहरिया राई

 

३८
अनुभूति
बेजोडको प्रकृति
जल थल बादल !
✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

 

३९
क्षितिज
रमणीय स्वर्ग
प्रकृतिले बनेकाे घर !
✍️ रामराजा के. सी., फर्पिङ , काठमाडौं

 

४०
परिवेश
बादल पारि
सुन्दर शान्त देश !
✍️ मनोज थापा, कैलाली

 

४१
प्रकृति
निलो गगन
आहा! उडायो मन !
✍️ पशपती राई, खोटाङ

 

४२
शीतल
प्रकृति छटा
सुरम्य मनमोहक दृश्य !
✍️ सरस्वती श्रेष्ठ, रूपन्देही

 

४३
बादल
हरियाे आँगन
लडिबडी गर्ने मन !
✍️ रोशन पराजुली, धरान

 

४४
परिवेश
प्राकृतिक सौन्दर्य
शान्त सुन्दर स्निग्ध !
✍️ गोपालप्रसाद पौड्याल, बिराटनगर

 

४५
प्रकृति
उमङ्गमा बादलु
मन उडाउने क्षितिज !
✍️ डी पी दोभान, कैलाली
हाल: क्वालालम्पुर, मलेसिया

 

४६
सुन्दर
मनमोहक प्रकृति
मनै लोभ्याउने वातावरण !
✍️ खेमराज पुरी, कैलाली

 

४७
आकाश
सेतो बादल
अनि चिसो बतास !
✍️ घनश्याम पौडेल, पोखरा

 

४८
प्रकृति
अनुपम दृश्य
देखेर मोहित मन !
✍️ कविता आचार्य, कैलाली

 

४९
रौनक
सृष्टि प्रकृतिको
वर्षातमा बादलले ढाकेको !
✍️ नानीमाया सुनुवार, उदयपुर

 

५०
पृथ्वी
चाँदी शीर
मखमली हरित गलैँचा !
✍️ चन्द्रावती अधिकारी, कोहलपुर

 

५१.
प्रकृति
क्रान्तिको प्रतीक
मनोरम दृश्य खण्डग्रास !
✍️ कमला देवकोटा, तानसेन, पाल्पा
हाल : काठमाडौं

 

५२
गगन
बर्षातको रमझम
उघार्दै हरियाली अनुपम !
✍️ टीकाराम पुन, छत्रेश्वरी-२, सल्यान

 

५३
सौन्दर्य
प्राकृतिक छटा
धर्ती आकाश अस्तित्व !
✍️ रामचन्द्र ढकाल, चितवन

 

५४
प्रकृति
सुन्दरताको पर्याय
मानवलाई अनुपम शिक्षा !
✍️ एस बी देशभक्त, लमही, दाङ

 

५५
प्रकृति
धर्ती आकाश
स्वर्गीय हुन्छ आभास ।
✍️ लता पौड्याल निरौला, इलाम


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...