Friday 26th December 2025

एनआरएनए नीति प्रतिष्ठानको अध्यक्षमा घले, पन्त र आचार्यले दिए बधाई


काठमाडौं (जीएनएन) —  गैर आवासीय नेपाली संघ (एनआरएनए) को नीति प्रतिष्ठानमा पूर्व अध्यक्ष एवम् प्रमुख संरक्षक शेष घले चयन भएका छन् ।

संघको बिहीबार बसेको पदाधिकारी (अफिस बेयरर्स) बैठकले घलेलाई नीति प्रतिष्ठानको अध्यक्षमा चयन गरेको हो । संघका अध्यक्ष कुमार पन्तले शुक्रबार  सो निर्णय सार्वजनिक गरेका हुन् ।अध्यक्ष पन्तका अनुसार प्रतिष्ठानका अन्य सदस्यहरु भने घले स्वयम्ले नै चयन गर्ने छन् ।

अध्यक्ष पन्तले नीति प्रतिष्ठानको अध्यक्षमा चयन भएकोमा घलेलाई बधाई दिँदै ‘नेपालको सामाजिक–आर्थिक विकास र समृद्धिका लागि सरकारसँग मिलेर नीतिगत पहलकदमीका पक्षमा काम गर्न उहाँलाई सफलता मिलोस्’ भनेका छन् ।

त्यस्तै, संघका सल्लाहकार एवम् पूर्व उपाध्यक्ष कुल आचार्यले संघको नीति प्रतिष्ठानको अध्यक्षमा चयन भएकोमा घलेलाई बधाई दिएका छन् । आचार्यले विगतमा ‘एनआरएनए : भिजन २०२० एण्ड बियोंड’  जस्तो दस्तावेज तयार पारेर संघलाई आधुनिक र समय सुहाउँदो संस्था बनाउन उनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

बधाई सन्देशमा आचार्यले भनेका छन्, ‘आगामी दिनमा नेपाल र प्रवासमा रहेका थिंक ट्यांकहरुसँग सहकार्य गरी नेपालको सामाजिक, आर्थिक रुपान्तरणमा गैर आवासीय नेपालीहरुको भूमिकाबारे ठोस र रचनात्मक सुझाव  दिन प्रतिष्ठान सफल होस् भन्ने शुभकामना ।’

त्यसैगरी संघका उपाध्यक्ष सोनाम लामाले पनि संघका प्रमुख संरक्षक घले नीति प्रतिष्ठानको अध्यक्षमा चयन भएकोमा बधाइ दिएका छन् । लामाले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अनुकूल हुने गरी नीति निर्माणमा घलेलाई सफलता मिलोस् भन्ने शुभकामना पनि दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...