Tuesday 20th January 2026

इन्दिरा ज्ञवाली पाैडेलका असारे सु्सेलीहरू


मनोकामना
सु-स्वास्थ्य समृद्दिकाे
शुभकामना ।

लोक सुसेली
गुञ्जियो डाँडा पाखा
ल्याइन् कोसेली ।

असारे भाका
झ्याउरे घन्काउँदै
लगाए पाखा ।

खेत खन्दछ
हली अनि बाउसे
रोपौं भन्दछ ।

पानी परेर
मेलम्ची गाउँ झार्यो
बाढी पसेर ।

लेक बसेर
आउँदैछन्र रोपाहार
बेसी झरेर ।

मानो छरेर
फलाउनु पर्दछ
घ्याम्पा भरेर ।

भयो चटारो
गरी खान नसक्दा
हान्यो झटारो ।

जुँगा मसारो
असारे पुवा खाँदा
चुच्चो पसारो ।

पानी दर्केर
ठुस्स परी नबस
एता फर्केर ।
घाम चर्केर
ताल दिन्छ दबल्ची
मेघ थर्केर ।

पाखा पखेरो
पहिरोको सधैं डर
रोपौं चखेत्रो ।

असारे मैना
हो खेतका आलीमा
लागेको बैना ।

-इन्दिरा ज्ञवाली पाैडेल
तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...