Friday 3rd April 2026

इन्दिरा ज्ञवाली पाैडेलका असारे सु्सेलीहरू


मनोकामना
सु-स्वास्थ्य समृद्दिकाे
शुभकामना ।

लोक सुसेली
गुञ्जियो डाँडा पाखा
ल्याइन् कोसेली ।

असारे भाका
झ्याउरे घन्काउँदै
लगाए पाखा ।

खेत खन्दछ
हली अनि बाउसे
रोपौं भन्दछ ।

पानी परेर
मेलम्ची गाउँ झार्यो
बाढी पसेर ।

लेक बसेर
आउँदैछन्र रोपाहार
बेसी झरेर ।

मानो छरेर
फलाउनु पर्दछ
घ्याम्पा भरेर ।

भयो चटारो
गरी खान नसक्दा
हान्यो झटारो ।

जुँगा मसारो
असारे पुवा खाँदा
चुच्चो पसारो ।

पानी दर्केर
ठुस्स परी नबस
एता फर्केर ।
घाम चर्केर
ताल दिन्छ दबल्ची
मेघ थर्केर ।

पाखा पखेरो
पहिरोको सधैं डर
रोपौं चखेत्रो ।

असारे मैना
हो खेतका आलीमा
लागेको बैना ।

-इन्दिरा ज्ञवाली पाैडेल
तानसेन, पाल्पा


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...