Tuesday 10th March 2026

कथाः सुपुत्र -इन्दिरा ज्ञवाली पौडेल


सदा जस्तै नाति नातिनाले हजुरआमालाई घेरेर कथा सुनाउँन अनुरोध गर्छन् । हजुरआमाले ,ध्यान दिएर सुन्नुपर्छ है भन्दै थिइन् ,एकै स्वरमा हुन्छ भन्ने आवाज आउँछ । के सुनाउँ त सोच्दै…..। एकैछिन पछि ल सुन है त कथा भन्न थाल्नु हुन्छ , केटाकेटी वरिपरि झुम्मिन्छन् ।
कुनै गाउँमा एउटा किसानको परिवार रहेछ , तिनीहरू निकै परिश्रमी रहेछन् । गाई , गोरु, बाख्रा पालेर जिविकोपार्जन गर्दथे । उसको एउटा सानो छोरो थियो , उसको नाम वीेरबहादुर हो । बिचमा एउटा प्याच्च बोल्छ ,“ मेरो साथीको नाम पनि वीरबहादुर हो नी आमा ।” चुपलाग भन्दै फेरि आमा कथा सुनाउन थाल्नु भो , जसोतसो गरेर वीरबहादुरलाई हुर्काउँछन् ,पढाउन लेखाउन अनेकन दु ःख कष्ट गर्दथे । एकैछिन फुर्सद भयो कि भारी बोक्न जान्थे , फर्किदा छोरा र श्रीमतीलाई फलफूल , कापी , कलम र लुगा पनि ल्याइदिन्थे । यी कुराले वीरबहादुर निकै खुशी हुन्थ्यो र बाबुको काखमा लुटपुटिन्थ्यो ।
उनीहरूको परिवार मिहिनेती र मिलनसार थियो । ऊ विद्यालय जाने आउने र गृहकार्य गर्ने गथ्र्यो । घरि घरि केटाकेटीहरू मेरो बुबाले पनि ल्याइदिनु हुन्छ भन्दै कराउँथे , आमाले रोक्न खोज्दै …….नबोली सुन है भन्दै तिमीहरूले वीरबहादुरले जस्तै पढ्नु पर्छ बुझ्यौ ? सुमनले कापी लिएर लेख्न खोज्दै थियो ,आमाले कथा सुन्नको लागि प्ररित गर्नुहुन्छ । सबै चुपचाप सुन्दै ऊ पढ्न अब्बल छ , बा आमाको दु ःख बुझ्छ , कक्षामा अनुशासित छ , कक्षामा प्रथम , द्वितीय हुन्छ । बिनिताले आफू द्वितीय भएको कुरा सुनाउँछे , आमा स्याबासी दिनुहुन्छ ।
कथा सुन्दै जादा केटाकेटी उत्सुक हुन्छन् , अब के हुन्छ नी हजुरआमा ? हजुरआमा भन्दै जानुहुन्छ , “उसलाई सबै शिक्षकले माया गर्छन् र साथीहरूले पनि । ऊ मिहिनेत गरी पढ्छ , साथीहरूलाई पनि सिकाउँछ , फुर्सदको समयमा बा आमालाई सघाउँछ , मेलापात जान्छ अनि घरको सरसफाई पनि । फुर्सदको समयमा आफूले जानेका कुराहरू सुनाउँछ । उसका कुरा सुन्न पाउँदा सबै खुशीले गद्गद् हुन्छन् । ”
पाँच , छ वर्ष पछिको कुरा हो , एस ,इ ,इ मा राम्रो अङ्क ल्याएर पास गर्‍यो र उच्च शिक्षापढ्नको लागि शहर गयो ,त्यहाँ उसले उच्च शिक्षा पढ्न छात्रवृत्ति पाएछ , ऊ कडा मिहिनेत गरी पढ्छ , उसलाई घरको चिन्ता हुदैन । एघार , बाह्रमा उत्कृष्ट अङ्क ल्याई पास गर्‍यो । “वीरबहादुर जस्तै पढ्नु पर्छ हगि, हजुरआमा” गीताले भनिन् । कसैले बोलाएको आवाज आउँछ भित्रबाट , सबै चुपचाप………सन्नटा छाउँछ । फेरि कथा सुरु हुन्छ , वीरबहादुरलाई सरकारी कोटामा ःद्यद्यक् पढ्न जाने अवसर मिल्छ , सबैले एकैसाथ ताली पड्काउँछन् पट्ट्ट्ट्……।
“अब ऊ विदेश जान्छ हगि हजुरआमा ?” सबिताले प्रश्न गरिन् । हो , भन्दै कथा सुरु गर्नुहुन्छ , वीरबहादुरको परिवार खुशी भई सबैलाई मिठाई बाँड्छन् । गाउँमा वीरबहादुरको गुणगान चल्छ ,सबैले बधाई दिन्छन् ।
छ ,सात वर्ष पश्चात , पढाइ सकेर आफ्नो गाउँ फर्कन्छ डा. वीरबहादुर ,ऊ गाउँको सेवामा खटिन्छ । सबैले उसको प्रसंशा गर्छन् । बिहान ८ः०० बजेदेखि नै जनताको उपचारमा जान्छ । अहिले उसलाई कत्ति पनि फुर्सद छैन , हेर, नानी बाबु हो ११ मिहिनेतको फल मिठो हुन्छ भनेको यही हो । अहिले उसलाई सबैले डा. साहेव भनी चिन्दछन् । त्यो महान व्यक्ति को हो चिन्दछौ तिमीहरू ? नाईं, चिन्दैनौ । को हो नी हजुरआमा ? एकै स्वरमा , त्यो तिमीहरूकै बाबा हो मेरो एकमात्र प्यारो छोरो । कथा सकिन्छ ,छिनभरमा सन्नटा छाउँछ ।

-इन्दिरा ज्ञवाली पौडेल
तानसेन, पाल्पा ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...