Friday 3rd April 2026

धर्मिला कार्कीको गजल संग्रह – २४


गजल

###

बन्द भो रे मेरो निम्ति धड्किने धड्कन के गरुँ ?
भेट्यो रे नयाँ कोही, भयो ऊ‌ परिवर्तन के गरुँ ?

म त हरपल उसलाई नै सम्झेर बाँचेकी थिए
आज एक्कासी शरीरमा सकियो अक्सिजन के गरुँ ?

पोहोर आमालाई अस्पतालमा उपचार गर्दा
भएको जति सबै सकियो धन के गरुँ ?

एक छाक जाउलोको भरमा सास धान्दै छु
साहु आउँछ र बोल्छ नमिठो बचन के गरुँ ?

नियतिले नै बारम्बार ठगिएको मान्छे हुँ म
सबैका लागि बिरानो भो मेरो आँगन के गरुँ ?

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...