Tuesday 20th January 2026

धर्मिला कार्कीको गजल संग्रह – २४


गजल

###

बन्द भो रे मेरो निम्ति धड्किने धड्कन के गरुँ ?
भेट्यो रे नयाँ कोही, भयो ऊ‌ परिवर्तन के गरुँ ?

म त हरपल उसलाई नै सम्झेर बाँचेकी थिए
आज एक्कासी शरीरमा सकियो अक्सिजन के गरुँ ?

पोहोर आमालाई अस्पतालमा उपचार गर्दा
भएको जति सबै सकियो धन के गरुँ ?

एक छाक जाउलोको भरमा सास धान्दै छु
साहु आउँछ र बोल्छ नमिठो बचन के गरुँ ?

नियतिले नै बारम्बार ठगिएको मान्छे हुँ म
सबैका लागि बिरानो भो मेरो आँगन के गरुँ ?

-धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...