Tuesday 10th March 2026

तस्बिरमा केन्द्रित भइ लेखिएका ५० स्रष्टाका १-१ उदकहरू


उदक अभ्यास : भाग ६
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०३-१९ गते शनिवार
सहभागी सङ्ख्या : ५० जना

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा सोही बमोजिम प्राप्त भएका उदकहरूलाइ यहाँ प्रकाशित गरिएको छ । प्रशिक्षक आर्त अकुलीनले सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्


सगरमाथा
सर्वोच्च शिखर
नेपाली गौरव गाथा !
वसन्त अनुभव, घोराही-१४, दाङ


शैल
पहाडी जीवन
सुखी तन मन !
हिमाल अम्मै, घोडाघोडी, कैलाली


सगरमाथा
नेपालीको शिर
सिजनमा पर्यटकको घुँइचो ।
अञ्जिताता राउत, नेचा सल्यान-५, सोलुखुम्बु


सगरमाथा
वीरहरुको गाथा
बोक्दछ गोर्खालीको कथा !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३,काभ्रे


हिमाल
देशकाे चिनारी
पाैरखी मान्छे नेपाल !
सविता के.सी., काठमाडाैँ


हिमाल
जीवनकाे भारी
बाँचुञ्जेल उकाली ओराली !
मुना दाहाल, ललितपुर


हिमाल
विश्वको ताज
प्रकृति पुजारी नेपाली !
पशपति राई, खोटाङ


प्रकृति
पसिनाको भारीमा
सुन्दर भविष्यको परिकल्पना !
हृदय लेकाली, भैरहवा


टलक्क
प्रभाती हिमाल
सुन्दर शान्त नेपाल !
केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा

१०
सुन्दरता
लाेभी आँखा
स्पर्श गर्ने अभिलाषा !
दामाेदर ढकाल, भाेजपुर

११
हिमाल
देशको शान
पौरखी हामी नेपाली !
सरस्वती श्रेष्ठ, बुटवल, रुपन्देही

१२
माछापुच्छ्रे
स्वर्णिम हिमाल
सुन्दर शान्त नेपाल !

श्रीनगर
तानसेन पाल्पा
पुष्कर अथक रेग्मी 

१३
ब्रह्माण्ड
सप्तरङ्गी जीवजगत
उजाडिँदै विकासले फगत !
टीकाराम पुनमगर, छत्रेश्वरी-२, सल्यान

१४
सगरमाथा
सुनौलो बिहान
गन्तव्य लामो यात्रा !
खेमराज पुरी, मुम्बई

१५
मनमोहक
दृश्य अनौठो
हिमाल चढ्ने नेपाली !
बीपी लामिछाने, कैलाली

१६
क्षितिज
रमाइलो पर्यावरण
भारी बोक्दै मजदुर !
तेजप्रसाद खनाल, दाङ

१७
हिमाल
सुन्दर दृश्य
बटुवा दाइको आगमन !
नारायण कोइराला, तानसेन, पाल्पा, हाल : यूएई

१८
यात्रा
हिमाल आरोहण
सहयोग नेपाली मन !
कृष्ण दास जोशी, मेरिल्याण्ड, अमेरिका

१९
कठिन
हिमाली जीवन
घाम छाया चिन्तन !
आर्त अकुलीन, देवाश्रम, कैलाली

२०
पर्वतारोहण
माैलिक आकर्षण
बन्नुछ अनुकरणीय उदाहरण !
रामकृष्ण दुवाडी, पाेखरा

२१
हिमाल
प्रकृतिको उपहार
सुन्दर दृश्य हिउँले !
राजकुमार राजभण्डारी, भक्तपुर

२२
हिमाल
उच्च गाैरव
सुन्दर शान्त नेपाल !
सुधा बाँस्काेटा ढकाल, काठमाडौं

२३
हिमाल
प्राकृतिक उपहार
सुन्दर शान्त विशाल !
सरस्वती श्रेष्ठ, इटहरी

२४
ढाकर
लाग्दैन आयासकर
खकन नाम्लो टेको !
अगस्टीन राई, पूर्व सिक्किम, भारत

२५
हिमाल
भरियाको भारी
उद्देश्य लक्षमा पुग्ने !
रमेश शर्मा, काठमाडौं

२६
सङ्घर्ष
जीवनकाे पाटाे
उकाली ओराली देउराली !
रामराजा के. सी., फर्पिङ, काठमाडौं

२७
लस्कर
प्राणको जोहो
कठिन जिन्दगीको आकृति !
केशब न्यौपाने, नुवाकोट

२८
कठिन
हिमाली जीवन
गाेरेटाे उकाली ओराली !
बलराज गिरी, कैलाली

२९
हिँडेको
पर्यटकको लस्कर
छिचोल्न दुर्लङ्घ्य हिमाल !
गोपालप्रसाद पौड्याल, मोरङ

३०
सौन्दर्य
सुनौलो सुनौलो
गह्रौं भारी गन्तव्यको !
कमला देवकोटा, पाल्पा

३१
घाम
काममा जाम
पेटका लागि तमाम !
मधुसुदन प्रसाद घिमिरे, काठमाडौं

३२
सगरमाथा
नेपालीको शान
विश्वकै सर्वोच्च हिमाल !
बिमला कार्की, चितवन

३३
प्रकृति
सुनाैलाे हिमाल
कठिन हिमाली जनजीवन !
नारायणप्रसाद उपाध्याय, कैलाली

३४
माछापुच्छ्रे
सुन्दर हिमाल
गहना राम्राे नेपाल !
खड्गबहादुर गुरुङ, टिकापुर, कैलाली

३५
उषाकिरण
जिवन्त आशा
गन्तव्य जिउने भरोशा !
होमप्रसाद न्यौपाने, धरान, सुनसरी

३६
जीवन
सङ्घर्षमय गाथा
चुम्नु छ हिमाल !
गोविन्द खनाल, हरिनास-४, धरमपानी, स्याङ्जा

३७
हिमाल
अत्यन्त रोचक
हेर्दै मर्ने चाहाना !
चूडा निर्भीक, गोरखा

३८
सूर्याेदय
हिमालय वारिपारि
भरियाकाे सुनाैलाे जीवन !
मनोज थापा, कैलाली

३९
लहर
आनन्दित मुस्कान
हिमाल भरिया जीवन !
राेशन पराजुली, धरान

४०
सेताम्मे
हिमाली भेगमा
परिश्रमी हात दुरुस्तै !
पार्वती भट्ट, कैलाली

४१
हिमाल
सुन्दर शान्त
पर्यटक सङ्घर्ष जीवन !
रामसुन्दर थारू, कैलाली

४२
हिमाल
अनुपम देन
भिन्न पदयात्रीकाे मेल !
टीकाराम जाेशी, कैलाली

४३
प्रभात
फेरिएन समय
जङ्गली वर्वरताको जीवन !
कण्ठराज गिरी, कैलाली

४४
सुन्दर
हिमाल पहाड
ढाकरे जीवन दृश्य
रविन भण्डारी, मोरङ

४५
प्रकृति
सुन्दर हिमाल
पर्यटन पर्यावरण आयम !
दीपकराज गौतम, कैलाली

४६
हिमाल
अनगिन्ती ताल
अति सुन्दर नेपाल !
घनश्याम पौडेल, पोखरा

४७
मातृभूमि
सप्तरङ्गी प्रकृति
नेपाली मौलिक जीवन !
एस बी देशभक्त, दाङ

४८
लस्करै
हिमाली बाटोमा
परिश्रम गर्दै भरिया !
मङ्गला उपाध्याय, कलैया-१, बारा

४९
हिमाल
उच्च शीर
भारी बोक्ने तक्दिर !
कविता आचार्य, कैलाली

५०
उठाइ
जिन्गीक भरुवा
सम्ठर तराई फँटुवा !
सागर कुस्मी, कैलाली


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...