Tuesday 11th February 2025

तस्बिरमा केन्द्रित भइ लेखिएका ५० स्रष्टाका १-१ उदकहरू


उदक अभ्यास : भाग ६
लेख्नुपर्ने उदक सङ्ख्या : १
प्रशिक्षक : आर्त अकुलीन
मिति : २०७८-०३-१९ गते शनिवार
सहभागी सङ्ख्या : ५० जना

आदरणीय उदक स्रष्टाहरुलाई दिइएको तस्विरअनुसारको गहन भाव झल्किने एउटा मात्र उदक साँझ ५:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित लेख्नु हुन हार्दिक अनुरोध गरिएकोमा सोही बमोजिम प्राप्त भएका उदकहरूलाइ यहाँ प्रकाशित गरिएको छ । प्रशिक्षक आर्त अकुलीनले सहभागी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्


सगरमाथा
सर्वोच्च शिखर
नेपाली गौरव गाथा !
वसन्त अनुभव, घोराही-१४, दाङ


शैल
पहाडी जीवन
सुखी तन मन !
हिमाल अम्मै, घोडाघोडी, कैलाली


सगरमाथा
नेपालीको शिर
सिजनमा पर्यटकको घुँइचो ।
अञ्जिताता राउत, नेचा सल्यान-५, सोलुखुम्बु


सगरमाथा
वीरहरुको गाथा
बोक्दछ गोर्खालीको कथा !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’, पनौती-३,काभ्रे


हिमाल
देशकाे चिनारी
पाैरखी मान्छे नेपाल !
सविता के.सी., काठमाडाैँ


हिमाल
जीवनकाे भारी
बाँचुञ्जेल उकाली ओराली !
मुना दाहाल, ललितपुर


हिमाल
विश्वको ताज
प्रकृति पुजारी नेपाली !
पशपति राई, खोटाङ


प्रकृति
पसिनाको भारीमा
सुन्दर भविष्यको परिकल्पना !
हृदय लेकाली, भैरहवा


टलक्क
प्रभाती हिमाल
सुन्दर शान्त नेपाल !
केशवप्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा

१०
सुन्दरता
लाेभी आँखा
स्पर्श गर्ने अभिलाषा !
दामाेदर ढकाल, भाेजपुर

११
हिमाल
देशको शान
पौरखी हामी नेपाली !
सरस्वती श्रेष्ठ, बुटवल, रुपन्देही

१२
माछापुच्छ्रे
स्वर्णिम हिमाल
सुन्दर शान्त नेपाल !

श्रीनगर
तानसेन पाल्पा
पुष्कर अथक रेग्मी 

१३
ब्रह्माण्ड
सप्तरङ्गी जीवजगत
उजाडिँदै विकासले फगत !
टीकाराम पुनमगर, छत्रेश्वरी-२, सल्यान

१४
सगरमाथा
सुनौलो बिहान
गन्तव्य लामो यात्रा !
खेमराज पुरी, मुम्बई

१५
मनमोहक
दृश्य अनौठो
हिमाल चढ्ने नेपाली !
बीपी लामिछाने, कैलाली

१६
क्षितिज
रमाइलो पर्यावरण
भारी बोक्दै मजदुर !
तेजप्रसाद खनाल, दाङ

१७
हिमाल
सुन्दर दृश्य
बटुवा दाइको आगमन !
नारायण कोइराला, तानसेन, पाल्पा, हाल : यूएई

१८
यात्रा
हिमाल आरोहण
सहयोग नेपाली मन !
कृष्ण दास जोशी, मेरिल्याण्ड, अमेरिका

१९
कठिन
हिमाली जीवन
घाम छाया चिन्तन !
आर्त अकुलीन, देवाश्रम, कैलाली

२०
पर्वतारोहण
माैलिक आकर्षण
बन्नुछ अनुकरणीय उदाहरण !
रामकृष्ण दुवाडी, पाेखरा

२१
हिमाल
प्रकृतिको उपहार
सुन्दर दृश्य हिउँले !
राजकुमार राजभण्डारी, भक्तपुर

२२
हिमाल
उच्च गाैरव
सुन्दर शान्त नेपाल !
सुधा बाँस्काेटा ढकाल, काठमाडौं

२३
हिमाल
प्राकृतिक उपहार
सुन्दर शान्त विशाल !
सरस्वती श्रेष्ठ, इटहरी

२४
ढाकर
लाग्दैन आयासकर
खकन नाम्लो टेको !
अगस्टीन राई, पूर्व सिक्किम, भारत

२५
हिमाल
भरियाको भारी
उद्देश्य लक्षमा पुग्ने !
रमेश शर्मा, काठमाडौं

२६
सङ्घर्ष
जीवनकाे पाटाे
उकाली ओराली देउराली !
रामराजा के. सी., फर्पिङ, काठमाडौं

२७
लस्कर
प्राणको जोहो
कठिन जिन्दगीको आकृति !
केशब न्यौपाने, नुवाकोट

२८
कठिन
हिमाली जीवन
गाेरेटाे उकाली ओराली !
बलराज गिरी, कैलाली

२९
हिँडेको
पर्यटकको लस्कर
छिचोल्न दुर्लङ्घ्य हिमाल !
गोपालप्रसाद पौड्याल, मोरङ

३०
सौन्दर्य
सुनौलो सुनौलो
गह्रौं भारी गन्तव्यको !
कमला देवकोटा, पाल्पा

३१
घाम
काममा जाम
पेटका लागि तमाम !
मधुसुदन प्रसाद घिमिरे, काठमाडौं

३२
सगरमाथा
नेपालीको शान
विश्वकै सर्वोच्च हिमाल !
बिमला कार्की, चितवन

३३
प्रकृति
सुनाैलाे हिमाल
कठिन हिमाली जनजीवन !
नारायणप्रसाद उपाध्याय, कैलाली

३४
माछापुच्छ्रे
सुन्दर हिमाल
गहना राम्राे नेपाल !
खड्गबहादुर गुरुङ, टिकापुर, कैलाली

३५
उषाकिरण
जिवन्त आशा
गन्तव्य जिउने भरोशा !
होमप्रसाद न्यौपाने, धरान, सुनसरी

३६
जीवन
सङ्घर्षमय गाथा
चुम्नु छ हिमाल !
गोविन्द खनाल, हरिनास-४, धरमपानी, स्याङ्जा

३७
हिमाल
अत्यन्त रोचक
हेर्दै मर्ने चाहाना !
चूडा निर्भीक, गोरखा

३८
सूर्याेदय
हिमालय वारिपारि
भरियाकाे सुनाैलाे जीवन !
मनोज थापा, कैलाली

३९
लहर
आनन्दित मुस्कान
हिमाल भरिया जीवन !
राेशन पराजुली, धरान

४०
सेताम्मे
हिमाली भेगमा
परिश्रमी हात दुरुस्तै !
पार्वती भट्ट, कैलाली

४१
हिमाल
सुन्दर शान्त
पर्यटक सङ्घर्ष जीवन !
रामसुन्दर थारू, कैलाली

४२
हिमाल
अनुपम देन
भिन्न पदयात्रीकाे मेल !
टीकाराम जाेशी, कैलाली

४३
प्रभात
फेरिएन समय
जङ्गली वर्वरताको जीवन !
कण्ठराज गिरी, कैलाली

४४
सुन्दर
हिमाल पहाड
ढाकरे जीवन दृश्य
रविन भण्डारी, मोरङ

४५
प्रकृति
सुन्दर हिमाल
पर्यटन पर्यावरण आयम !
दीपकराज गौतम, कैलाली

४६
हिमाल
अनगिन्ती ताल
अति सुन्दर नेपाल !
घनश्याम पौडेल, पोखरा

४७
मातृभूमि
सप्तरङ्गी प्रकृति
नेपाली मौलिक जीवन !
एस बी देशभक्त, दाङ

४८
लस्करै
हिमाली बाटोमा
परिश्रम गर्दै भरिया !
मङ्गला उपाध्याय, कलैया-१, बारा

४९
हिमाल
उच्च शीर
भारी बोक्ने तक्दिर !
कविता आचार्य, कैलाली

५०
उठाइ
जिन्गीक भरुवा
सम्ठर तराई फँटुवा !
सागर कुस्मी, कैलाली


सम्बन्धित शीर्षकहरु

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

जेरुसेलम: प्यालेस्टिनी बन्दीहरूलाई थुनामा राखिएको अवस्थामा र आँखामा पट्टी बाँधेको अवस्थामा प्रहार गरेको भेटिएका एक इजरायली सैनिकलाई इजरायली सैनिक अदालतले…

प्रतिकृयाहरू
...