Tuesday 10th March 2026

नेपाली ब्यबसायी संघ कतारद्वारा नेपाल सरकारलाई स्वास्थ्य सहयोग हस्तान्तरण


तीतोपाटी डटकम-दोहा, कतारमा सन् २०१८ मा स्थापित तथा कानुनी मान्यता पाएको नेपाली व्यवसायी सङ्घ कतारले एक करोड भन्दा बढीको स्वास्थ्य सामग्री नेपाल सरकारलाई सहयोग स्वरूप प्रदान गरेकाे छ। त्रिभुवन विमानस्थलबाट आइतबार १४ वटा भेन्टिलेटर, ४२ वटा अक्सिजन कन्सन्ट्रेटर, एक्काइस सय पल्स अक्सिमिटर र ५० वटा नसल क्याननुल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल हस्तान्तरण गरिएको हो।

कोभिड १९ को दोस्रो भेरियन्टका कारण नेपालमा नागरिकले ज्यान गुमाई रहँदा र दैनिक हजारौँको सङ्ख्यामा नागरिक प्रभावित भएको परिप्रेक्ष्यमा नेपालको मौजुदा स्वास्थ्य संरचनाले मात्र महामारी नियन्त्रण गर्न असम्भव प्राय देखिएको सङ्घद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।सङ्घमा आबद्ध व्यवसायीहरूबाट १ करोड २० लाख बराबर रकम सङ्कलन गरी एक द्वार प्रणालीलाई अवलम्बन गर्दै हस्तान्तरण गरिएको सङ्घले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा सङ्घको तर्फबाट टि.बि. कार्की, शङ्कर न्यौपाने , पीताम्बर रिजाल , दिन्सन बोहरा , प्रेम चौलागाई , मोहन अधिकारी, मधुकर रिजाल, दुर्गा थापा तथा मिडियाकर्मीको उपस्थिति रहेको थियो।

आफूहरूको सानो सहयोगले मातृभूमि नेपाल र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको पीडामा मलहमको काम गर्ने विश्वास सहित सहयोग गरिएको सङ्घका अध्यक्ष महेन्द्र चौलागाईले बताएका छन्।उक्त स्वास्थ्य सामाग्रीहरू सात (७) वटै प्रदेशमा समानरुपले मन्त्रालयको मातहतमा वितरण हुने सङ्घका महासचिव रमेश भट्टले जानकारी दिएका छन्।

सहयोगका लागि उत्प्रेरित गरी उत्प्रेरणा र हौसला प्रदान गर्ने कतार स्थित नेपाली राजदूतावासका महामहिम राजदूत नारदनाथ भारद्वाज लगायत सम्पूर्ण दूतावास परिवार एवं सहयोग दाताहरू प्रति सङ्घले आभार प्रकट गरेको छ।

सङ्घले कोभिड १९ को कारण कतारमा रहेका पीडित नेपालीहरूलाई राहत वितरण गर्नेदेखि अलपत्र नेपालीलाई स्वदेश फिर्ताको लागि हवाई टिकट समेत व्यवस्था गरी उद्धार समेत गर्ने गरेको छ। कतारमा नेपालीको लगानीमा रेस्टुरेन्ट, मेडिकल, निर्माण कन्ट्रक्सन, ग्यारेज, किराना पसल, श्रमिक आपूर्ति कम्पनीहरू सञ्चालित छन् । कतारमा करिब तीन लाख ५० हजार नेपाली कार्यरत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा उच्च प्रशंसा

यसै विच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल व्यवसायी संघ कतारले गरेको सहयोग प्रति उच्च प्रसंशा गर्दै एक पत्र जारी गरेको छु। पत्रमा कोभिड १९ विरुद्धको लडाइमा संघले खेलेको भूमिका उच्च प्रशंसनीय रहेको बताउंदै आगमि दिनहरू समेत निरन्तरताको अपेक्षा व्यक्त गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ डा. रोशन पोखरेल द्वारा हस्ताक्षरित पत्रमा संघ ले उपलब्ध गराएको सामाग्री हरूको विवरण सहित मन्त्रालयले बुझिलेको उल्लेख गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रशंसा पत्र


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...