Tuesday 31st March 2026

उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने तयारी


तीतोपाटी डटकम-१३ असार, काठमाडौं । उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषयमा टुंगो लगाइनेछ। आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सीडीओकै तहबाट टुंग्याइएको स्रोतले बतायो ।

काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र ( सीसीएमसी) का एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘निषेधाज्ञा थप्ने विषयमा सबै एकमत हुनुहुन्छ, सवारीसाधनको विषयमा टुंगो लागेको छैन ।’ललितपुरको डीसीसीएमसीले भने जनस्वास्थ्यको मापदण्ड पालना गरी आधा सिट क्षमतामा सार्वजनिक सवारी साधन चल्न दिने र १५ दिन निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ । एक अधिकारीका अनुसार संक्रमण निरन्तर घटेको र यातायात व्यवसायी तथा मजदुर संगठनले पनि निरन्तर दबाव दिएकाले सार्वजनिक सवारी सञ्चालनका लागि सिफारिस गरिएको हो ।

उपत्यकाको प्रशासन कार्यालयले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा पछिल्लो पटक ७ असारमा एक साताका लागि थप्ने निर्णय भएको थियो । थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदैछ । पछिल्लो निषेधाज्ञा थप्दा निजी सवारीसाधन तथा ट्याक्सीलाई जोर–विजोर र व्यवसायलाई बारका आधारमा सञ्चालन गर्न दिइएको थियो ।

यी क्षेत्रमा कायमै हुनेछन् निषेधाज्ञा

प्रशासनले सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै रहनेछ । खुलास्थानमा धेरै मानिस भेला हुन पाइने छैन ।सार्वजनिक स्थान र बाटोमा तरकारी तथा फलफूल बिक्री गर्न दिइनेछैन । शैक्षिक संस्थामा बन्द कायमै रहेछन् ।खुकुलो गरिएका क्षेत्रमा पनि स्वास्थ्य मापदण्ड पालना भए, नभएको विषयमा अनुगमनलाई तीव्रता दिइने प्रशासन कार्यालयहरुले बताएका छन् ।

@अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...