Friday 3rd April 2026

रिता खरालको गजल संग्रह – १


गजल
###
महिला हिंसा र अत्याचार अति नै बढेका छन् ।
छोरी भए जाँच गरि गर्भपतन गरेका छन् ।।

किन यति धेरै स्वार्थी बन्दै गएको छ संसार
कर्तव्य भुल्दा दुनियाँको नजरमा खसेका छन् ।

सधैंभर अत्याचार सहेर को बाँच्न सक्छ र ?
नारीहरु पृथ्वी हुन् त्यसैले त सबै सहेका छन् ।

घरमा पनि सुरक्षित छैनन् छोरीचेलीहरु
संघर्षको मैदानमा अचेत भइ ढलेका छन् ।

बाँच्न पनि सकस हुने यो कस्तो आयो समय ?
हेर्नुस नारी बाट नारी नै शोषित बनेका छन् ।

🌷रिता खराल, रुपन्देही 🌷


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...