Tuesday 20th January 2026

रिता खरालको गजल संग्रह – १


गजल
###
महिला हिंसा र अत्याचार अति नै बढेका छन् ।
छोरी भए जाँच गरि गर्भपतन गरेका छन् ।।

किन यति धेरै स्वार्थी बन्दै गएको छ संसार
कर्तव्य भुल्दा दुनियाँको नजरमा खसेका छन् ।

सधैंभर अत्याचार सहेर को बाँच्न सक्छ र ?
नारीहरु पृथ्वी हुन् त्यसैले त सबै सहेका छन् ।

घरमा पनि सुरक्षित छैनन् छोरीचेलीहरु
संघर्षको मैदानमा अचेत भइ ढलेका छन् ।

बाँच्न पनि सकस हुने यो कस्तो आयो समय ?
हेर्नुस नारी बाट नारी नै शोषित बनेका छन् ।

🌷रिता खराल, रुपन्देही 🌷


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...