Friday 3rd April 2026

आर्त अकुलीनको गजल संग्रह – ३


गजल :
++++
बहर : हजज मुसद्दस मकबुज
अर्कान : १२१२.१२ १२.१२१२

समाजमा सबै, रुवाउँदै गयौ ।
खुसी हुँदै तिमी, लजाउँदै गयौ ।

भुलेर जानुको, कथा बुझेर हो,
लुकेछ वेदना, हँसाउँदै गयौ ।

अथाह पीर त्यो, थियो सबै कडा ,
कसो गरी तिमी, बताउँदै गयौ ।

बिहान लालिमा, कता गए भन,
चरी जसै गरी, हराउँदै गयौ ।

कसो गरी बुझौँ, कसो गरी हिँडौँ,
म आर्तको कथा, सुनाउँदै गयौ ।

✍️ आर्त अकुलीन


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...