Tuesday 20th January 2026

केदारनाथ आचार्यको गजल संग्रह – १


गजल
(वसन्त तिलका छन्द)

सोझो फसाउन बनेछ विधान तिम्रो ।
कस्तो थियो अघि अहो अभिमान तिम्रो ।

के के थियो कसम बान्धवमा गरेको
या बिर्सियौ कि त अझै छ जमान तिम्रो ।

जो जो छ देश भरमा सब दिक्क नै छन्
को गाउला र अब खै गुणगान तिम्रो ।

आगो नफुक्नु खिचडी अब पाक्न छोड्यो
अग्लो छ तात्नु कसरी त ओदान तिम्रो ।

चिन्यो बुझ्यो सकलले कुन कर्म गर्छौ
गर्नैपर्यो मन नभै अपमान तिम्रो ।

केदारनाथ आचार्य
फर्पिङ
हालः अमेरिका ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...