Tuesday 31st March 2026

कुवेतमा मोरङकी आश्मा राइको कोरोना संक्रमणबाट मृत्यु


हरी कृष्ण न्यौपाने-कुवेत, असार १०- कोरोना संक्रमणबाट कुवेतमा मोरङ बेलवारी घर भएकी आश्मा राइको मृत्‍यु भएको छ।कुवेती नागरिकसंग विवाह गरेकी राइको २२ जुन,२०२१ का दिन उपचारकै क्रममा मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि राइलाई जुन-१४,२०२१ का दिन पिसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो। करिव ४० बर्षिया आश्मालाई कोरोना संक्रमण पछी कुवेतको फर्वानिया अस्पतालको आइसोलेसनमा उपचारका लागि पुर्याइएकोमा उपचारकै क्रममा निधन भएको हो।

सहयोगी मनकी धनि आश्मा बिभिन्न सामाजिक काममा अग्रसर हुनुका साथै दुखी, पिडित र समस्यामा परेका नेपालीलाई साथ सहयोग गर्दै आएकी थिइन् भने उनी नेपाली समुदायका कार्यक्रमहरुमा पनि सहभागी हुने गर्दथिन।मृतक राइ कुवेतमा वर्षौदेखि बिभिन्न जातजातिका भेषभुषा र नेपाली रितिरिवाज अनुसारका पोशाकको व्यापार, व्यवसाय गर्दै आइरहेकी थिईन भने उनले अनलाइन सपिङको कामसमेत गर्दै आएकी थिइन् ।

अविवाहित आश्मा २० बर्षको उमेरमा कुवेत आइपुगेकी थिइन्। रोजगारीका क्रममा कुवेत पुगेकी आश्मा राइले कुवेती नागरिकसँग विवाह गरेकी थिइन् भने उनको एक छोरा र एक १८ बर्षिया छोरी रहेका छन्। मृतक आश्माको कुवेतको फिर्दोस भन्ने स्थानमा घर छ ।

आश्माको निधन प्रति कुवेतमा रहेका नेपालीहरुले दुख ब्यक्त गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...