Friday 26th December 2025

कुवेतमा मोरङकी आश्मा राइको कोरोना संक्रमणबाट मृत्यु


हरी कृष्ण न्यौपाने-कुवेत, असार १०- कोरोना संक्रमणबाट कुवेतमा मोरङ बेलवारी घर भएकी आश्मा राइको मृत्‍यु भएको छ।कुवेती नागरिकसंग विवाह गरेकी राइको २२ जुन,२०२१ का दिन उपचारकै क्रममा मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि राइलाई जुन-१४,२०२१ का दिन पिसीआर जाँच गर्दा पोजेटिभ देखिएको थियो। करिव ४० बर्षिया आश्मालाई कोरोना संक्रमण पछी कुवेतको फर्वानिया अस्पतालको आइसोलेसनमा उपचारका लागि पुर्याइएकोमा उपचारकै क्रममा निधन भएको हो।

सहयोगी मनकी धनि आश्मा बिभिन्न सामाजिक काममा अग्रसर हुनुका साथै दुखी, पिडित र समस्यामा परेका नेपालीलाई साथ सहयोग गर्दै आएकी थिइन् भने उनी नेपाली समुदायका कार्यक्रमहरुमा पनि सहभागी हुने गर्दथिन।मृतक राइ कुवेतमा वर्षौदेखि बिभिन्न जातजातिका भेषभुषा र नेपाली रितिरिवाज अनुसारका पोशाकको व्यापार, व्यवसाय गर्दै आइरहेकी थिईन भने उनले अनलाइन सपिङको कामसमेत गर्दै आएकी थिइन् ।

अविवाहित आश्मा २० बर्षको उमेरमा कुवेत आइपुगेकी थिइन्। रोजगारीका क्रममा कुवेत पुगेकी आश्मा राइले कुवेती नागरिकसँग विवाह गरेकी थिइन् भने उनको एक छोरा र एक १८ बर्षिया छोरी रहेका छन्। मृतक आश्माको कुवेतको फिर्दोस भन्ने स्थानमा घर छ ।

आश्माको निधन प्रति कुवेतमा रहेका नेपालीहरुले दुख ब्यक्त गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहू कतारगेट प्रकरणका कारण आफ्नै देशले घेरिएका छन्। उनको सरकारका मानिसहरू उनीसँग रिसाएका छन्। अन्य नेताहरूले उनको…

बेइजिङ/शेन्जेन — चीनले अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पश्चिमी देशहरूको दशकौँदेखिको वर्चस्व तोड्ने दिशामा ठूलो र गोप्य कदम चालेको खुलासा भएको छ।…

प्रतिकृयाहरू
...