Wednesday 11th March 2026

ओखलढुंगाका लागि कुवेतबाट सहयोग पठाईयो


तीतोपाटी डटकम-कुवेत,विश्वव्यापी महामारी कोभिड विरुद्ध लड्नको लागि स्वास्थ्य सामाग्री सहयोग गर्न प्रवासमा रहेका ओखल्ढुङ्गेली जुट्ने क्रममा कुवेतमा रहेका ओखल्ढुङ्गेलीले पनि जन्मथलोलाई सहयोग पठाएका छन्।

यही सञ्जाल मार्फत रोजगारको लागि कुवेतमा रहेका ओखल्ढुङ्गा जिल्ला घर भएका दाजुभाई तथा दिदि बहिनिलाई“ओखल्ढुङ्गेली अन्तरराष्ट्रिय सञ्जाल कोभिड -१९ जिल्ला व्यावस्थापन सहयोगार्थ अभियान” मार्फत जोडिनको लागि श्याम पराजुलीको कुवेत संयोजकत्वमा सहयोग संकलन गरिएको छ।अभियान मार्फत करिब नेपाली रुपैया ५८,७५४(अन्ठाउन्न हजार सात सय चउन्न रुपैया)संकलन गरिएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालीलाई विदेशमा पनि उत्तिकै आक्रान्त पारी नै रहेको छ। यस्तो कठिन घडीमा पनि आफ्नो गाँस कटाएर सहयोग गर्नु हुने सहयोगी मनहरुलाई संयोजक पराजुलीले धन्यावाद दिएका छन्।

बेलायतमा रहेका शिवजी श्रेष्ठको संयोजकत्वमा “विश्वव्यापी ओखल्ढुङ्गेली सञ्जाल” गठन गरी रोजगार तथा विभिन्न पेशा व्यावसायमा देश भन्दा बाहिर रहेका ओखल्ढुङ्गेलीले कोभिड महामारी विरुद्ध लड्नको लागि विभिन्न स्वास्थ्य सामाग्री आफ्नो जन्मथलोलाई सहयोग गर्न जुटेको थियो ।

ओखल्ढुङ्गेली कोभिड -१९ विरुद्ध लड्ने संयुक्त आफ्नो जन्मथलो बचाउने अभियानमा कुवेतका ओखल्ढुङ्गेली मनहरु जोडिएको संयोजक श्याममा पराजुलीले धन्यवाद दिँदै भन्नु भयो “विश्वभर छरिएर रहेका ओखल्ढुङ्गेलीले ओखल्ढुङ्गा सेवा समाज गठन गरी सामाजिक कार्यमा क्रियाशिल रहेको अवस्था छ् भने कुवेतमा संगठित भएको छैन ।तर यस महामारीमा यसरी सहयोग जुट्दा र संगठित हुन पाउदा खुशी लागेको बताउनु भयो।साथै कुवेतका जुन सुकै स्थानमा भएपनि ओखल्ढुङ्गा जिल्ला बासीहरु छुटेका अवस्थामा सम्पर्क गर्न सक्ने पनि बताए।”

संकलित सहयोगको विवरण नामावाली सहित

१- श्याम पराजुली कटुन्जे २५ केडी
२- भिमबहादुर थापामगर मानेभञ्ज्याङ् २० केडी
३- बिष्णुबहादुर पुलामीमगर मानेभञ्ज्याङ् १५ केडी
४- डमिन्द्र प्रसाद ओझा १० केडी
५- कुमारी पुलामीमगर १० केडी
६- बिष्णुमाया पुलामीमगर १० केडी
७- रितुराज पराजुली ५ केडी
८- दिपक पौडेल टारकेराबरी ५ केडी
९- कुमार गिरी बुङ्नाम ५ केडी
१०- के.पी अधिकारी ११ केडी
११-आकाश शेर्पा सिद्धिचरण ११ अल्ले। ५ केडी
१२- रामबहादुर थापामगर २० केडी
१३- सन्तोष ठटाल रुम्जाटार ५ केडी
१४- दिनेश गुरुङ सल्लेरी बेतिनी ५ केडी


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...