Friday 3rd April 2026

लघुकथा “हाम्रो खुशी” को लघुसमीक्षा


पुष्कर अथक रेग्मी – लघुकथाकार नारायण कोइरालाद्वारा लिखित, कालीगण्डकी न्युजमा संप्रेषित लघुकथा ” हाम्रो खुशी” को लघुसमीक्षा निम्नानुसार गरिएको छ :

कथासार:
दमको रोगी साइँलो बालाई हस्पिटल लैजान एम्बुलेन्स पाइएन । बाँसको स्टेचर बनाएर मुखमा मास्कले छोपी हस्पिटल पुर्याईयो ।बाँसमा बोकेर ल्याएको देखि मूर्दाझै मानेर मानिसहरू अचम्मित भए ।कोरोनाको शंकामा हस्पिटलले बेड छैन भनेपछि साइँला बालाई निजी अस्पतालमा पुर्याए । गल्लीमा भर्ना गरे । भोलिपल्ट रिपोर्ट नेगेटिभ अाउनुका साथै एक लाख रूपैयाँको बिल पनि अायो ।
पात्रहरू:
मुख्य पात्र बिरामी साइँला बा ,गौण पात्रहरू – बिरामी बोक्ने अाफन्तहरू, हस्पिटलका कर्मचारीहरू ।
भाषाशैली:
नेपाली सरल भाषा र बर्णनात्मक शैलीलाई केन्द्रबिन्दु मानी कथा लेखिएको छ ।
घटनास्थल:
साइँला बाको घर, पहिलो र दोस्रो अस्पताल ।
बिश्लेषण:
कोरोना कहर चारैतिर छ ।एम्बुलेन्स सेवा पाइँदैन । स्थानीय साधन र स्रोतको प्रयोग गरी स्टेचर बनाउन सकिन्छ ।कोरोनानै लागेको भएतापनि मन भएकाहरू कोही न कोहीले सहयोग गरिनै हाल्छन् ।सरकारी अस्पतालमा सेवा सुबिधाहरू छैनन् । नीजि अस्पतालले सेवा सुबिधाबिनानै ,सामान्य स्थान,साधारण जाँच गर्दा पनि लाखौ रूपयाँ असुल्छन् ।दमको बिरामीसंग पनि कोरोनाको पैसा असुल गरिन्छ । घर परिवार पैसा खर्च भएको भन्दा पनि साइँला बालाई कोरोना नलागेकोमा खुशी छन् ।
रसबिधान:
कथामा करूण ,विभत्स र अन्तमा शान्त रसको प्रयोग भएको छ ।
सुझाव:
कथा सम्पादन गरी अलि छोटो बनाउन अावश्यक छ । शीर्षक ‘खुशी’ मात्र राख्दा उपयुक्त हुनेछ ।
निष्कर्ष:
प्रथमतः दु:ख बिरामी सबलाई पर्छ । धैर्य गरी स्थानीय साधन र स्रोतको प्रयोग गरी बिरामीलाई समयमै हस्पिटल पुर्याउन सके बिरामी अकाल मृत्युबाट बाँच्छ । मन हुनेहरूले सहयोग गर्न हिचकिचाउदैनन् । दोस्रो : स्वास्थ्य क्षेत्रको मनोमानी देखाइएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...