Monday 19th January 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २६


गजल
###
रैछौ धनको गरिब भनी, कोहि लत्याउँछन यहाँ ।
असल इमानदार देखि, कोहि पत्याउँछन यहाँ ।

स्वार्थहरु पूरा गर्न, ठाँउ ठाँउमा मौका हेरी,
बिना कारण पनि कोहि, गलहत्याउँछ्न यहाँ ।

कहिल्यै पर्ख नभनेर हैसियतले भ्याएसम्म,
जे मागे नि फुत्तै दिई, कोहि रत्याउँछन यहाँ ।

यो मुहारमा खुसी छर्न, जिन्दगीभर मरिमेटी,
अति धेरै माया गरि, कोहि मत्याउँछन यहाँ ।

मिठो मिठो परिकार, बनाएर खुवाउनलाई,
चामल र भुस छुट्याउन, कोहि बत्याउँछन यहाँ।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा. पा ८, सुनखानी दोलखा।
(रचना : २०७८/३/३ बिहिवार)


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...