Wednesday 1st April 2026

कुवेतबाट लाश पठाउन ३८५ केडी आर्थिक सहयोग उठाइयो


हरि कृष्ण न्यौपाने-बुद्दशान्ती-७,धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राइको शब पठाउन आर्थिक सहयोग संकलन गरिएको छ।२० मेई,२०२१का दिन हृदयघातको कारण मृत्‍यु भएकी मुना राइको शब जुन-१४,२०२१ सोमबार कतार हुँदै नेपाल पठाइयो।

झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालको सकृयातामा मृतक राइको शब पठाउन लाग्ने शुल्क ३८५ केडी (नेरु करिब १ लाख ४७ हजार) सहयोग संकलन गरी नेपाली राजदूतबासमा बुझाईएको हो।तीतोपाटी डटकम संग धिमाल भन्छन”भारतिय बाटो हुँदै श्रम नगरी कुवेत आएको र केही समय देखी अबैधानिक रुपमा भागेर काम गर्दै आएकी मुना राइको मृत्‍यु भए पछी उनको शब पठाउन नेपाल सरकारको कुनै निकायले आर्थिक सहयोग नगर्ने भएकोले हामीले हातेमालो गरी आर्थिक सहयोग संकलन गरेका हौं।”उनी थप्छन सके सम्म श्रम नगरि सेटिङ मार्फत अबैधानिक तरिकाबाट वा भिजिट भिसामा बिदेश नजान हामी सबैमा अनुरोध गर्दछौ। साथै आफ्नो स्पोन्सर वा कम्पनीबाट भागेर काम गर्दा झन जटिल समस्याहरु आउछन र श्रमिकलाई समस्या पर्दा कसैले पनि समस्या समाधानमा साथ दिदैनन।त्यसैले भागेर वा लुकेर अबैधानिक भई काम नगर्न सबैले सबैलाई सुचित गरौ।”

मृतक मुना राइको शब नेपाल पुर्याउन सहयोग गर्ने सहयोगिहरुको विवरण यस प्रकार छ:-

NRNA कुवेतको पहलमा:४९ केडी
प्रेमा कुलुङ राईको पहलमा :१२.५००केडी
लाक्पा लामाको पहलमा =८.७५० केडी
बिमल कार्कीबाट =५ केडी
बिकासबाट =५ केडी
आशिश लिम्बुबाट =५ केडी
धन बहादुरबाट =५ केडी
तुलसी लिम्बुको पहलमा=२५ केडी
राजु धिमाल र तुलसी लिम्बुको पहलमा=२७० केडी
जम्मा उठेको रकम-३८५.२५० केडी


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...