Monday 21st September 2026

गण्डकीमा मुख्यमन्त्री कृष्णचन्द्रसहित ४ जना मन्त्रीले लिए सपथ


तीतोपाटी डटकम-पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सपथ लिएका छन् । नब नियुक्त मुख्यमन्त्री पोखरेलसहित अन्य ४ जना मन्त्रीलाई पनि शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ खुवाएकी हुन् ।

मन्त्रीमा काँग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले सपथ लिएका हुन् ।मुख्यमन्त्री पोखरेलले यही असार १ गतेभित्र बजेट ल्याउनु पर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाएको बुझिएको छ । उनी आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडी बढेका हुन् ।

गण्डकीमा पहिले ७ मन्त्रालय मात्र रहेका थिए । तर पछि निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ मन्त्रालय बनाएका थिए । ११ मन्त्रालय बनाइएपछि कांग्रेस र माओवादीलाई ३–३ जसपालाई १ र थपिने छन् ।

वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेष्ठ २७ गतेसंसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गरेकी थिइन् ।

त्यही अनुसार शुक्रबार ५ बजे नै विपक्षी गठबन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

साभार-रातोपाटी डटकम

 


सम्बन्धित शीर्षकहरु

चीनको फोशान शहरस्थित एक कपडा (टेक्सटाइल) कारखानामा भीषण आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने एक जना घाइते…

पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान सबेरै हवाई आक्रमण गरेको छ ।अ फगानिस्तानका अधिकारीहरूका अनुसार…

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघ महासभा (UNGA) को ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्न सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने भएका…

प्रतिकृयाहरू
...