Sunday 29th March 2026

बामदेवको मध्यमार्गी प्रस्ताव : २ जेठ २०७५ को स्थायी कमिटी बैठक बोलाऔं


तीतोपाटी डटकम-काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले पार्टीमा एकताका लागि मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । पार्टी एकता राष्ट्रिय अभियानको तर्फबाट २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सारेका हुन् ।

आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव अघि सारेका थिए, जसमा एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता लिने उल्लेख थियो । नेपाल समूहले प्रस्तावमा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको निष्कर्ष निकाल्यो र हस्ताक्षर फिर्ता नलिने अडान सार्वजनिक गर्‍यो ।

ओलीको प्रस्तावबारे के भन्छन् गौतम ?

यसले एमालेमा एकता टर्दै गएको संकेत गरेका बेला गौतमले मध्यमार्गी प्रस्ताव अघि सारेका छन् ।गौतम संयोजक रहेको पार्टी एकता राष्ट्रिय अभियानको मंगलबार बसेको भर्चुअल बैठकले अध्यक्ष ओलीको प्रस्तावमा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयास भएको निष्कर्ष निकालेको छ ।

तर एमालेलाई २०७५ जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाउने प्रस्ताव सकारात्मक भएको अभियानको ठहर छ । एकताको पक्षमा उभिएका नेताहरुलाई स्थायी र केन्द्रीय कमिटीको संरचनामा ल्याउने विषय एमालेको समस्यामा ल्याउनु गलत भएको भन्दै गौतम नेतृत्वको अभियानले भनेको छ, ‘जनवर्गीय संगठनहरुको संरचनाका सम्बन्धनमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अजस्थालाई अस्वीकार पनि गर्न सकिन्छ भन्ने हो, जसलाई इमान्दार एकता प्रयत्न मान्न सकिन्न ।’

प्रनिधिनिसभा विघटन खारेज र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा दायर रिटमा एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिनु पर्ने अध्यक्ष ओलीको शर्तमा गौतम असहमत देखिएका छन् ।

प्रधानमन्त्री ओलीका अनौकौ विवादित क्रियाकलाप र झखनाथ खनाल–माधव नेपाल समूहका क्रियाकलाप एकअर्कासँग सम्बन्धित भएर आएको भन्दै उनले भनेका छन्, ‘यसले हाम्रो पार्टी ज्यादै पेचिलो अन्तनरपार्टी संघर्षलाई व्यक्त गरेको छ । यी सबै विषयलाई पुनः एकतावद्ध भएपछिको पार्टी कमिटी बैठकबाट मात्र समाधान गर्न सकिन्छ ।’ पार्टी एकतापछि खुबै पक्षले आफ्ना कमजोरीबारे आत्मालोचना गरेर वास्तविक समाधान खोज्न सकिने उनले बताएका छन् ।

मध्यमार्गी प्रस्ताव

गौतमले २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सारेका छन् ।एकता अभियानको वक्तव्यमा भनिएको छ, छिटोभन्दा छिटो २०७५ जेठ २ मा कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव र दुई उपमहासचिव र पाँच सहित सहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हार्दिक अनुसार गर्दैछ ।’

साथै सर्वोच्चको संवैधानिक इजलासले संसद पुनर्स्थापना वा प्रधानमन्त्रीको कदम सर गरेको अवस्थामा निर्वाचनमा जाने दुबै चुनौती सामाना गर्न तयार हुनुपर्ने गौतमले बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

साभार-अनलाइनखबर डटकम


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...