Wednesday 1st April 2026

अनेसास नवरत्न पुरस्कारका लागि सिफारिस


तीतोपाटी डटकम-समाचारदाता,बोस्टन, अमेरिका-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ।समितिको संयोजक शान्ता घिमिरे अधिकारीको अध्यक्षतामा हालै बसेको बैठकले तीन सदस्यीय पुरस्कार चयन समिति गठन गरेको थियो ।

समितिले साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता कार्की , शकुन ज्ञवाली र ममता कर्माचार्यलाई सिफारिस गरेको छ । यसैगरी गायनमा सपना श्री , अभिनयमा गौरी मल्ल, पत्रकारितामा विमला भण्डारी र समाजसेवामा विना बर्मालाई पुरस्कृत गर्न सिफारिस गरेको छ ।
साहित्यकार लीला लुइटेलको संयोजकत्वमा गठित उक्त समितिमा रहेका साहित्यकार पुनम काफ्ले र अनेसासका सचिव विमला निरौलाको चयन समितिको सिफारिसमा उक्त चयन गरिएको हो ।

आगामी अगष्ट महिनामा अमेरिकाका एक कार्यक्रम गरि सिफारिस गरिएकाहरूलाई पुरस्कृत गरिने संयोजक अधिकारीद्वारा प्रेषित समाचारमा जानकारी गराइएको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...