Wednesday 1st April 2026

सर्लाही सेवा समाज कुवेतद्धारा हरिवनका ४० परिवारलाई सहयोग सामाग्री बितरण


हरी कृष्ण न्यौपाने -सर्लाही सेवा समाज कुवेतद्धारा सर्लाहीको हरिवन नगरपालिकाका अति विपन्न ४० परिवारलाई विभिन्न खाद्यान्न सहित स्वास्थ्य सुरक्षाका सामाग्रीहरु सहयोग गरिएको छ।उक्त सामाग्रीहरु २५ मेई,२०२१ मंगलबारको दिन बितरण गरिएको हो।

सर्लाही सेवा समाज कुवेतका सल्लाहकार गुलाम नबि मन्सुरले तीतोपाटी डटकम संग भने “सर्लाही सेवा समाज कुवेतका अध्यक्ष सुर्य लामा तथा समाजको सामुहिक पहलमा उठेको नेरु ६१,००० (एक्सठ्ट्ठी हजार) नगद सहयोग पठाएपछि सो रकमबाट खाद्य सामग्री तथा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु खरिद गरी वितरण गरिएको हो।”मन्सुरले थपे”कोरोना भाईरस संक्रमण रोक्न जारी निषेधाज्ञाका कारण काम गर्न नपाएर भोकभोकै मर्ने अवस्थामा पुगेका हरिवन नगरपालिकाका विभिन्न वडाका ४० परिवारलाई मंगलबार घर–घरमै पुगेर राहत सामग्री वितरण गरिएको हो।”

समाजका अनुसार सामाग्रीहरुमा चामल, दाल, तेल, नुन, साबुन, मास्क, सेनिटाईजर लगायत स्वास्थ्य सुरक्षा सामग्रीहरु रहेका थिए।राहत सामाग्री वितरण कार्यक्रममा आदिवासी लोकतान्त्रिक जनजाति महासंघका उपाध्यक्ष सुरेन्द्र लामा, हरिवन नगरपालिका ४ का वडा अध्यक्ष धनबहादुर वाइबा,अनेमसंघ सर्लाहीकी सचिब लिलि घिसिङ, हरिवन नगर अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष पद्मा मोक्तान, युवा समाजसेवी कुलबिर थापा लगायतको उपस्थिती रहेको थियो।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...