दिन सक्छौ भने दान गर गाँस चाहिएकोछ ।
अक्सिजन बिना मरिराछन् सास चाहिएकोछ ।
आऊ सम्हाल भन्न सक्दैनन् साहस बाडौं हामी
शिर सुम्सुम्याउँनु पर्दैन आश चाहिएकोछ।
जलश्रोतको धनी देशमा आउँदैन बिजुली
विडम्बना एक्लो रातमा प्रकाश चाहिएकोछ ।
गुम्सिएकाछन् ति ज्यान आफैलाई कैदमा राख्दा
रुखै रुख भाको देशमा बतास चाहिएकोछ ।
शरणागत तिमी बाहेक कोही छैन सहारा
आऊ प्रभु! महामारीको विनास चाहिएकोछ ।
शर्मिला श्रेष्ठ
हालः परदेश