Saturday 17th October 2026

कुवेतमा बढ्दो गर्मी संगै जुन १ तारिक देखी खुल्ला क्षेत्रमा काम गर्न रोक


तितोपाटी- कुवेतमा गर्मी बढेपछि आगामी जुन एक तारिक देखी खुल्ला क्षत्रमा काम गर्न वा गराउन कुवेत सरकारले रोक लगाउने भएको छ ।

कुवेत जनशक्ति सार्वजनिक प्राधिकरणका अनुसार अत्यधिक तातोको अवधिमा दिउँसो काम रोक्ने निर्णय जून देखि सुरु हुने रअगस्टको अन्त्यसम्म जारी रहने, (PAM) लाई उद्धृत गर्दै अरबटाइम्सले लेखेको छ ।

बाहिरी तापक्रम उच्च हुने भएकाले कामदारको कार्यस्थल सुरक्षाको लागि यो निकै महत्वपुर्ण भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार उक्त निर्णयको उद्देश्य कामदारलाई सुरक्षा दिनु हो, काममा अवरोध खडा गर्नु होइन, र साँझमा तापक्रम कम हुने भएकोले बेलुका ४ बजे देखी बाहिर काम गर्नको लागी अनुमती दिइएको छ।

दिउँसो ११  देखि बेलुका ४ बजेसम्म कम्पनीहरुलाई आफ्ना कामदारलाई खुल्ला क्षेत्रमा काम नलगाउन पत्राचार गरेको छ ।  अहिले कुवेतमा ४० देखि ४५ डिग्रीसम्म गर्मी रहेको छ ।

यो नियम खुल्ला कार्यक्षेत्र वा सीधा घाममा काम गर्नु पर्ने कामदारका लागि मात्र लागू हुने जनाइएको छ । खुल्ला क्षेत्रमा काम लगाउने कम्पनीहरुले यस्तो सूचना कामदार र निरीक्षणमा आउने पदाधिकारीहरुले देख्ने ठाउँमा टाँस्नका लागि समेत निर्देशन दिएको छ ।
मन्त्रालयले जुनसुकै बेला निरीक्षण गर्ने भएकाले सबै कम्पनीले आफ्ना कामदारलाई दिउँसोको ४ घण्टा काम लगाउन पाउने छैनन् । यदि दिउँसो काम लगाएको पाइएमा कुवेत सरकारले कडा कारवाई गर्ने बताएको छ।


सम्बन्धित शीर्षकहरु

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्गको सम्भाव्यता अध्ययन सुरु, पहिलो चरणमा १५० किलोमिटर सडकको अध्ययन गरिने 8 काठमाडौं — नेपालको हिमाली क्षेत्रलाई…

यमनको दक्षिणी सहर अदेनस्थित राष्ट्रपति भवनमा हुथी समूहले मिसाइल आक्रमण गर्दा दुई सुरक्षाकर्मीको मृत्यु भएको छ भने धेरै जना घाइते…

प्रतिकृयाहरू
...