तीतोपाटी डटकम-सौल । गैर आवासिय नेपाली समन्वय परिषद (एनआरएन) कोरियाको पन्जिकृत सदस्यता आवेदनको समय थप गर्न दक्षिण कोरियामा क्रियाशिल नेपाली संघ संस्थाहरूले गरेका छन् । ति संघ संस्थाहरूले आज एक बिज्ञप्ति सार्वजानिक गर्दै तत्काल समय थप गर्न माग गरेका हुन् । ति संघ संस्थाहरूले एनआरएन कोरियाले पन्जिकृत सदस्यता आवेदनको समय बारे जानकारी नदिएर अधिकांशले एनआरएनको सदस्य बन्न बाट बन्चित हुनु परेको भन्दै एनआरएन कोरियाको ध्यानाकर्ण गराएका हुन् । एनआरएन कोरियाले मई २२ तारिख सम्म मात्र पन्जिकृत सदस्यता आवेदनको समय तोकेको थियो। तर ति संघ संस्थाहरूले मजदुर मैत्री हुने भनेर दाबी गर्ने नेतृत्वले मजदुरहरूलाई नै सदस्यता हुनबाट बन्चित गराउनु न्याय संगत नभएको भन्दै एनआरएन कोरियालाई सबै वर्ग र समुदायको साझा संस्था बनाउन अपिल गरेका छन्। त्यस्तै केहि दिन देखि अधिकांशले सार्वजानिक सुचनाको अभाव, प्राविधिक कठिनाईको कारणले धेरैले आवेदनमा कठिनाई भएको र समय अपर्याप्त भएको भन्दै सामाजिक सन्जालमा समेत आक्रोश पोखिरहेका छन्।
प्रेस बिज्ञप्ति
मिती: २०२१/०५/२
गैर आवासिय नेपाली राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले कोरियाबासी नेपालीहरूको भावना बिपरित पन्जिकृत सदस्यता आवेदनको मिती बन्द गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्ण भएको छ। प्रवासमा रहेका सबै तह र तप्काका नेपाली समुदायको साझा संस्था दाबी गर्ने संस्थाले अन्य नेपाली संघ संस्था संग परामर्श गर्नुको साटो सार्वजानिक सन्चार माध्यामलाई समेत जानकारी नै नदिई बहुसंख्यक कोरियाबासी नेपालीहरु एनआएनको सदस्यता प्राप्त हुनबाट बन्चित हुने अवस्था प्रति हाम्रो आपत्ति रहेको जानकारी गराउँदछौ। वर्तमान कार्यसमितिकै पदाधिकारी सदस्यहरु लगायत एन आर एन अभियानका अग्रज अभियन्ताहरु समेतले सदस्यताको समय बढाउन र सबैलाई समेटेर लैजान आग्रह गर्दा समेत बेवास्ता गर्नुले वर्तमान नेतृत्वको नियत माथी नै शंका पैदा भएको छ। कोरियामा कार्यरत अधिकाँश मजदूरहरूलाई एनआरएन अभियानबाट अलग हुने किसिमको यस्ता गतिबिधी नगर्न हामी वर्तमान नेतृत्वको गम्भिर ध्यानाकर्ण गराउन चाहान्छौँ। पन्जिकृत सदस्यता आवेदन खुल्ला गर्दा यहाँ क्रियाशिल नेपाली संघ संस्था सहित पत्रकार सम्मेलन गर्ने बिगतको सामान्य प्रक्रिया समेत पुरा नगर्नु,अधिकाँश मजदुर कार्यरत रहेको कोरियामा आईतवार सम्म समय दिनुको साटो शनिवार नै सदस्यता आवेद बन्द गर्नुले कोरियाका मजदूहरूलाई उपेक्षा गरेको हामीले महसुश गरेका छौँ। सर्भरको समस्या लगायत अनेकौँ प्राविधिक समस्याको कारणले बहुसंख्यकले सदस्यता आवेदन गर्न नसकेकोले कम्तिमा २ हप्ता समय थप गरि एनआरएन कोरियालाई सबै अट्ने र सबैको साझा संस्थाको रूपमा अगाडी बढाउन अपिल गर्दछौँ। हामी एनआरएन कोरियाको सबै गतिबिधीमा हातेमालो गर्न चाहान्छौँ तर हाम्रो यो अनुरोधलाई बेवास्था गरिएको खण्डमा हामी तल उल्लेखित नेपाली संघ संस्थाहरू एनआरएन कोरियाको कुनै पनि गतिबिधामा संलग्न वा सहकार्य गर्न असमर्थ हुने जानकारी गराउँदछौँ।
धन्यवाद!
जनजाती महासंघ ,सुदुर पश्चिम समाज ,पुर्वाञ्चल सरोकार समाज ,बागमती प्रदेश , कर्णाली प्रदेश समाज ,महिलाको लागी महिला ,नेपाली जनसम्पर्क समिती ,प्रवासी नेपाली मंच ,तमुधी ,ठकुरी समाज ,चितवन सम्पर्क समिती ,तनंहु सम्पर्क समिती ,गुल्मी सम्पर्क समिती ,नवलपुर समाज डाईनामिक मोरंग ,सुर्खेत समाज ,मकवानपुर समाज ,राप्ती सेवा समाज ,पांचथर सेवा समाज ,नेपाली समाज ,म्याग्दी सेवा समाज ,गोर्खा समाज ,धादिङ्ग समाज ,वर्दिया समाज ,भक्तपुर समाज ,रामेछाप सम्पर्क समिती,सल्यान समाज ,मनाङ्ग समाज ,मुस्ताङ्ग समाज ,थकाली समाज ,दैलेख समाज ,लमजुङ्ग समाज ,काभ्रे सम्पर्क समिती ,किरात राई यायोक्खा ,ताप्लेजुङ्ग सम्पर्क समिती ईलामेली समाज ,झापाली समाज ,संखुवा सभा सम्पर्क परिवार ,धनकुटा सेवा समाज ,ग्लोबल तेर्हथुम सेवा समाज ,भोजपुर परिवार ,डाइनमिक मोरङ्ग कमिटी ,सोलाखुम्बु सेवा समाज ,ओखलढुंगा सेवा समाज ,खोटाङ्ग सेवा समाज ,उदयपुर सेवा समाज ,सुनसरी हेल्पिङ्ग ह्याण्डस ,किरात याक्थुङ्ग चुम्लुङ्ग ,मोक्पो चौतारी ,थारु कल्याणकारी सभा ,शशक्त दलित एकता समाज ,फाजु एकता समाज ,दोलखा समाज ,स्याङ्गजा परिवार ,नमस्ते पाल्पा परिवार ,सर्लाही सम्पर्क समिती,रुपन्देही सम्पर्क समिती
साभार-जीएनएनएन
प्रेश रिलिज जस्ताको तस्तै:-