दिन रात आँखा बाट, बर्बर आँशु झरे पनि ।
ठिकै छ यहाँ भन्छ्यौ अरे,जति दुख परे पनि।
सपना ठुलो देखाएर,बैसालु त्यो जोवन लुटि,
घर न घाट्को बनाएर,बसाइ अन्तै सरे पनि।
अस्ति भन्दा हिजो धेरै, हिजो भन्दा आज,
दुनियाँले तिमी माथी, अत्याचार नै गरे पनि।
संघर्षमै जिउने रहर,एक मुठ्ठी सास रहेसम्म,
भएका ति खुशिका पल, पराइले हरे पनि ।
पाइलाहरु चालिरहें ,गन्तव्यमा पुग्नलाई,
जिन्दगीको गोरेटोमा,काँडै काँडा छरे पनि।
प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा ८, सुनखानी,दोलखा
बागमती प्रदेश ।
(रचना: २०७८जेठ ६ बिहीवार)