Wednesday 1st April 2026

राष्ट्रिय सभा सदस्यमा बादललाई हराउदै देवकोटा विजयी


तीतोपाटी डटकम-मकवानपुर — राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । उनी नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका छन् । देवकोटाले स्थानीय तहतर्फ कुल दुई सय ३३ मत खसेकोमा १२८ मत प्राप्त गरेका थिए । थापाले एक सय तीन मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गरेका थिए ।

देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो ।

प्रदेशतर्फ एकमत बराबर ४८ मतभार र स्थानीयतर्फ एक मत बराबर १८ मतभार रहेको छ । जसअनुसार देवकोटाले कुल प्रदेशतर्फ २७८४ मतभार र स्थानीयतर्फ २३०४ मतभार गरी कुल ५०८८ मतभार प्राप्त गरेकय छन् । थापाले प्रदेशतर्फ २१६० र स्थानीय तहतर्फ १८५४ गरी कुल ४०१४ मतभार प्राप्त गरेका थिए । तामाङले प्रदेशतर्फ ९६ र स्थानीय तहतर्फ ३६ गरी कुल ८४ मत भार प्राप्त गरेका छन् ।

बिहीबार बिहान नौ बजेबाट हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो । आयोगका अनुसार राष्ट्रिय सभा सदस्यका लागि चारजना प्रदेश सांसदले मतदान गरेनन् । वाग्मतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हालेका छन् । ११० सदस्यीय प्रदेश सभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको थियो ।

साभार-ईकान्तिपुर


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...