Wednesday 1st April 2026

कोभिडको समयमा वैंदेशिक रोजगारीमा रहेका श्रमिकहरुको चुनौतीबारे वेबिनार हुँदै


हरी कृष्ण न्यौपाने-बैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपाली श्रमिकहरु अहिलेको कोभिड महामारीको समयमा के कस्ता समस्याहरुबाट गुज्रिरहेका छन भन्ने बारे सम्बन्धित निकायहरुलाई एकै मन्चमा ल्याएर जूम एप्स मार्फत वेबिनार गरिने भएको छ।आगामी मेई-२४,२०२१ (जेष्ठ-१०-२०७८) सोमबार नेपाली समय बेलुकी ४ बजेबाट शुरु गरिने वेबिनारको आयोजक भने “रोलिङ्ग कर्मशील विदेश” रहेको छ।

वेबिनार आयोजक “रोलिङ्ग कर्मशील विदेश”का उपाध्यक्ष लोकेन्द्र सिंहले तीतोपाटी डटकम मार्फत बिदेशमा काम गर्ने क्रममा बिषेश गरी मध्यपूर्ब र मलेशियामा रहेका नेपाली श्रमिकहरुलाई यो वेबिनारमा नाम दर्ता गरी भाग लिन अनुरोध गरेका छन।कार्यक्रमको प्रमुख बक्ताहरुमा साउदीअरबका लागि नेपाली महामहिम राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुत,मलेशियाका लागि नेपाली महामहिम राजदूत उदय राज पाण्डे,बैदेशिक रोजगार बिभागका महानिर्देशक कृष्ण प्रसाद दवाडी,हेल्भिटस नेपालका राष्ट्रिय निर्देशक डा.भरत कुमार पोख्रेल, NAFEAका महासचिब सुजित कुमार श्रेष्ठ र कान्तिपुर राष्ट्रिय दैनिकका होम कार्की रहने छन।कार्यक्रमको संचालन पत्रकार सरोज दाहालले गर्नेछ्न।

आयोजक “रोलिङ्ग कर्मशील विदेश” rollingnexus.com का अनुसार वेबिनारमा कोभिड महामारिको अहिलेको यस्तो विषम परिस्थितिमा राजदुताबासहरुको भूमिका के हुने?,बैदेशिक रोजगार बोर्ड र बिभाग के गर्दै छ ?म्यानपावर व्यवसायीहरुको जिम्बेवारी के ? श्रमिकको राहत र उद्दार कसरी हुदैँ छ?लगाएत श्रमिकहरु संग प्रतक्ष जोडीएका समस्याहरु र समाधानका लागि सम्बन्धित निकायले खेल्नु पर्ने भूमिका बारे छलफल हुनेछ।
वेबिनारमा निशुल्क सहभागेए हुन तलको लिंकमा मेई-२३,२०२१ बेलुकी ५ बजे भित्रमा नाम दर्ता(रजिस्टर) गर्नु होला। 

https://cutt.ly/bb0Yxf3

 


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...