Thursday 12th March 2026

कुवेतमा क्याफे-रेस्टुरेन्टको डाइनिङ सुबिधा २३ मेईबाट खुल्ने


हरी कृष्ण न्यौपाने-कोभिड-१९ को कारण लामो समय देखी कुवेतमा बन्द रहेको क्याफे, रेष्टुरेन्ट, होटलका डाइनिङ सुबिधा आगामी मेई-२३ तारिक आईतवार,२०२१का दिनबाट खोलिने भएको छ।यसरी डाइनिङ सुबिधा खोल्दा कोभिड बिरुद्दका स्वास्थ्य मापदन्ड भने पूर्ण रुपले लागू गर्नु पर्नेछ।

कुवेतबाट प्रकाशित अरब टाइम्समा प्रकाशित न्यूजमा भनिएको छ”१८-मेई,२०२१ मंगलबारका दिन कुवेत सरकारको क्याबिनेट बैंठकले मेई २३ तारिकबाट सबै डाइनिङ सुबिधा खोल्न दिने निर्णय गरेको हो।यसरी डाइनिङ सुबिधा खुल्ला गर्दा स्वास्थ्य सुरक्षा सावधानीमा ध्यान दिदै दूरी कायम गर्ने,मास्क लगाउने, निश्चित संख्यामा मात्र ग्राहकहरुलाई अनुमति दिने तथा ग्राहकहरूलाई रेस्टुरेन्ट, क्याफे, होटल लागि प्रबेश गर्नु अघी तापक्रम नाप्ने जस्ता नियम अनिबार्य गरिएको छ।”


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...