Saturday 24th January 2026

महामारीमा पनि कलकारखानामा भिडभाड, के संक्रमण रोकिएला त ?


बि.आर. उप्रेती, बारा नेपाल – विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भारतमा अत्यधिक र हाम्रो नेपालमा पनि हालको अवस्था देख्दा यसबाट विकराल हुने संभावना सबैलाई थाहा छ। यस्तो कहाली लाग्दो अवस्था नहोस् भनि सरकारले तत्-सम्बन्धमा जनहितको लागि सूचना तथा सचेतना सम्बन्धि सामाग्रीहरू पटकपटक जारी गरिरहेको छ । यस अनुरुप जनता सकेसम्म सचेत छन् ।

सरकारले गरेको निशेधाज्ञाको पालना गर्न किन गाह्राे भयो ? कलकारखानामा मजदुरहरु काम गरिरहेकै छ्न्, भिडभाड जस्ताको त्यस्तै छ, संघ संस्था(वित्तीय संस्थाहरु)ले समुह गठन गरि ॠण लगानी गरिरहेकोमा पटकपटक महिनै पिच्छे ब्यक्तिहरु (ॠणीहरु) जम्मा गरी सभा र मिटिङ्ग गरिरहेकै छन् । किन यस्तो गरेको हो ?

सरकारले पटकपटक जनचेतनामूलक सन्देशहरू जन-हितमा जारी गरिरहँदा पनि बस ट्रक जस्ता भिडभाड हुने सवारीका साधन गुडिरहेकै छन् । यसरी बुझ पचाएर निशेधाज्ञाको उल्लंघन गरि हुल हुज्जत र भिडभाड हुने कार्य गरेमा आफ्नु……..मा आफैंले राँको लाउनु जस्तो हो । यस्तो विषम परिस्थितिमा (स्वास्थ्य बच्ने र बचाउने जस्तो अवस्थामा) पनि चिन्तन हुनुपर्ने व्यक्तिले नसोची यस्तै क्रियाकलापलाई निरन्तरता दिइ रहेमा देशमा के होला दुर्दशा ? के यहि पाराले संक्रमण रोकिएला ?

त्यसकारण उपरोक्त अनुसार संघ संस्थाहरु (बित्तीय संस्थाहरु)ले त्यसरी सभा मिटिङ्ग, सवारीका साधनहरु जस्ता भिडभाड हुने क्रियाकलाप बन्द गर्नु पर्दैन र ? जहाँ जतासुकै पनि यस्तै चर्चा गरिरहेका छन् । तसर्थ यस्ता विषम कुराहरू उपर सरकारले मात्र नभई नेता, बुद्धिजीवीहरु तथा सम्बन्धित सरोकारवालहरू सबैको ध्यानाकर्षण होस् ।

बि. आर. उप्रेती
बारा नेपाल ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...