Monday 30th June 2025

कविताः हरिको सिको – छन्द: शिखरिणी -हरि शर्मा (सुवेदी) ‘गलकोटे कवि’


रसै रुद्रैश्छिन्ना, यमनसभलाग: शिखरिणी ।🌷🙏🌺

म खाऊँ मैँ लाऊँ सुखसयल वा मोज म गरूँ
म बाँचूँ मैँ नाचूँ अरु सब मरुन दूर्वलहरू
भनी दाह्रा घस्ने अबुझ शठ देखी छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ।।🌷🙏🌺
कवि शिरोमणी लेखनाथ पौड्याल(तरुण)

अल्प विद्या भयंकरी- अधुरो ज्ञानले दु:ख सिबाय केही मिल्दैन ।
A little knowledge is a dangerous thing- English proverb

सबै मान्छ्न् जाती असल गतिलो संगत भए
सिको आँखा चिम्ली मनुज मनुवा गर्दछ हरे
विदेशी माटोमा प्रचुर फल त्यो फल्दछ भनी
स्वदेशी माटोमा छलफल बिना सार्दछ पनि ।१।🌷🙏🌺

पटक्कै फुल्दैनन् अभिनय बिरुवा प्रकृतिसँगै
नमिल्दा माटो यो अलमल पर्‍यो संस्कृति यतै
असाध्यै गर्दैछौँ अपिल विनती मानव यहाँ
बिदेशी हावाको सिरसिर चिसो बढ्दछ किन? ।१।🌷🙏🌺

बसौँला नेपाली अलमल बिना लोकल बनी
हिमाली गोर्खाली तपतप पसिना झार्दछ यहीँ
पहाडी जान्दैनन् छलबल कतै नक्कल कुनै
समाती बस्नेछ्न् अलमल बिना संस्कृति सबै ।१।🌷🙏🌺

कसैले डाक्दैछ्न् हरहर व्यथा शंकर यहाँ
कसैले बोल्दैछ्न् हरिजन सबै पागल यहाँ
नजान्ने मान्छेको नजर हरिको नक्कल हरि
बुझेको ज्ञानीको हरि छ मनमा चिन्दछ हरि ।१।🌷🙏🌺

समातौँ छुस्क्याहा झटपट गरी राकसहरू
चिनौँ है पापात्मा गलत नकली दानवहरू
लखेट्दा राम्रो हो असुर कपटी मानवहरू
बनौँला गोर्खाली असल गतिला चालकहरू ।१।🌷🙏🌺

धन्यवाद।
हरि शर्मा (सुवेदी)-गलकोटे कवि
मिशिगन अमेरिका ।🌷🙏🌺


सम्बन्धित शीर्षकहरु

पुर्वरास्ट्रपति बिद्या भण्डारी पुन नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने भएपछि रास्ट्र प्रमुखको हैसियतले पाउने सेवा सुबिधा फिर्ता गर्ने हुनुभएको छ।…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार भने कि १२ दिने युद्धमा इरानमाथिको उनको देशको "विजय" ले गाजामा बन्धकहरूलाई मुक्त गर्ने लगायत…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भनेका छन् कि उनी "उत्तर कोरियासँगको द्वन्द्व समाधान गर्नेछन्।" विश्वव्यापी द्वन्द्व समाधान गर्ने आफ्नो प्रयासलाई…

प्रतिकृयाहरू
...